पोखरा, पौष ।
पोखरा महानगर पालिका वडा नं. १० रामबजारमा रहेको कालिका माद्यामिक बिद्यालयले शिक्षा र संस्कार सँगै सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन्न कार्य गदै आइरहेको छ । यस अन्र्तगत पोखरा महानगर पालिका वडा नं. १७, छोरेपाटनमा रहेको मानवसेवा आश्रम छोरेपाटन शाखालाई आर्थिक सहयोग गरेको छ। विद्यालयले जन्मदिन कोषको स्थापना गरी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट आफ्नो शुभ जन्मदिनको अवसरमा स्वेच्छिक रूपमा विद्यालयको ‘जन्मदिन कोषमा संकलन गरेको रकम पोखराको छोरेपाटनस्थित मानवसेवा आश्रमलाई प्रदान गरिएको छ। विद्यालयका सहायक प्र.अ. लक्ष्मीकान्त अधिकारीको नेतृत्वमा मानवसेवा आश्रमको कार्यालयमै पुगी शिक्षक तथा कर्मचारीहरूको समूहले नगद रु. २०,८०० (बीस हजार आठ सय रुपैयाँ मात्र) सहयोग स्वरूप हस्तान्तरण गरेको हो। उक्त रकम आश्रममा आश्रित असहाय, बेसहारा तथा शारीरिक र मानसिक रूपमा अशक्त व्यक्तिहरूको भोजन सेवा का लागि प्रदान गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा आश्रमको तर्फबाट विद्यालयलाई ुप्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको थियो। आश्रमका प्रतिनिधिले विद्यालयको यो सहयोगले आश्रित व्यक्तिहरूको जीवनमा खुसी ल्याउने र समाजमा सेवाको भावना विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका सहायक प्र.अ. लक्ष्मीकान्त अधिकारीले असहायको सेवा नै वास्तविक धर्म भएकाले बिद्यालयले विद्यार्थी र समाजलाई उत्तरदायित्वको पाठ सिकाउने उद्देश्यले शिक्षकहरूकै पहलमा यो सानो प्रयास गरिएको हो र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई विद्यालयले निरन्तरता दिने बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका सहायक प्र.अ. वासुदेव अधिकारी, प्रशासन शाखा प्रमुख रुद्र प्रसाद तिमिल्सिना, खेलकुद संयोजक विजय सापकोटा लगायत शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। सामाजिक उत्तरदायित्व अन्तर्गत गत हप्ता विद्यालयका शिक्षक तथा कर्मचारीहरूको पहलमा विद्यालयमा अध्ययनरत लक्षित वर्गका ९१ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको थियो। विद्यालयका सहायक प्र.अ.कुशल लामिछानेले सामाजिक उत्तरदायित्व कार्यमा सहभागी भई जन्मदिन कोष र न्यानो कपडा बितरण कोषमा योगदान पुर्याउनुहुने सम्पूर्ण शिक्षक, कर्मचारी र बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सहयोगी मनहरु प्रती हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा लिएको बताए ।













