Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

१८ औं गणितीय हाजिरीजवाफ तथा शिक्षक सम्मान कार्यक्रम

पोखरा, माघ ।
गणित शिक्षा परिषद् कास्कीको आयोजनामा १८ औं गणितीय हाजिरीजवाफ तथा शिक्षक सम्मान कार्यक्रम शुरु भएको छ । जिल्ला शिक्षा तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित रही बिभिन्न विषयगत समितिहरुको सक्रियताले विद्यार्थीहरुको सिकाइ उपलब्धी बढाउन सहयोग गर्ने र गणित शिक्षा परीषद कास्कीले यस प्रकारको कार्यक्रमलाई लामो समयसम्म निरन्तरता दिदा शिक्षकहरुको आत्मसम्मान समेत बृद्दि भएको बताउनुभयो।

कार्यक्रममा विशेष अतिथि गणित शिक्षा परिषद् केन्द्रीय समितिका महासचिव टिकाराम पोखरेलले गणितीय हाजिरीजवाफ कार्यक्रम जिल्ला ,प्रदेश र राष्ट्रिय तहमा विस्तार गर्ने र कास्की जिल्लाले यसमा लामो समयसम्मको अनुभव भएकोले केन्द्रिय कार्यक्रम पोखरामा गर्ने बताउनुभयो । उक्त कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष बेद प्रसाद शर्माले गणित शिक्षा परिषद् केन्द्रिय समितीको मुल्याङकनमा गणित विषयमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गरेबापत कास्की जिल्ला समितिलाइ नेपालकै उत्कृष्ट जिल्ला घोषणा गरिएकोले यस गौरबलाइ आगामी दिनमा समेत कायम राख्न प्रेरणा प्रदान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विधामा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सामुदायिक विद्यालयतर्फ श्री इन्द्रराज्यलक्ष्मी मा वी का प्र अ केशव अमागाईं, संस्थागत विद्यालयतर्फ सेन्ट मेरीज स्कुलका श्यामचज्द्र अगान्जा, विश्वविद्यालयतर्फ पृथ्वी नारायण क्याम्पसका डिल्लीराम अधिकारी, गणित शिक्षा परिषदका सदस्य मध्ये विद्यावारीधी ९पीएचडी० सम्मानतर्फ त्रिभुवन विश्वविद्यालयका बद्री पगेनी र पोखरा विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद पौडेललाई सम्मान प्रदान गरिएको थियो। त्यस्तै गणित शिक्षा परिषद्का संस्थापक सदस्य राम हाडालाई आजीवन उपलब्धि सम्मान प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्व राम हाडाले सपना र विपनाको संगमको रुपमा गणितलाइ जोडदै गणितको अन्य विषयसंगको अन्तरसम्बन्धको वारेमा प्रकाश पार्नुभएको थियो ।

शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा नेपाली भाषा परिषद् कास्कीका अध्यक्ष सूर्यप्रसाद बरालले सम्पुर्ण विषयगत समितीको तर्फबाट अन्तरविषय सम्बन्भसहित कार्यक्रमको सफलताको कामना गर्नुभयो । यसै अवसरमा कास्कीमा सञ्चालन हुँदै आएको गणितीय हाजिरीजवाफको १८औँ श्रृंखलासमेत सञ्चालन भइरहेको छ ।

गणितीय हाजिरीजवाफ कार्यक्रमअन्तर्गत कास्की जिल्लाका चारवटा गाँउपालिका तहमा पौष १८ गते प्रतियोगिता सम्पन्न भई प्रत्येक नगरपालिकाबाट एक–एक टिम सेमी फाइनलमा प्रवेश गरेकाछन् । पोखरा महानगरपालीकामा रहेका विद्यालय मध्येबाट माघ ४ गते लिखित परीक्षामा ४२ टिम छनोट भई स्टेज अन क्वीज चरणमा छनौट भएका छन् । ती मध्येबाट ६ टिम फाइनल प्रतिस्पर्धामा सहभागी हुनेछन् , सेमी फाइनल र फाइफल प्रतिस्पर्धा माघ ५ गते हुने छ । कार्यक्रमले गणित शिक्षाको प्रवद्र्धन, शिक्षकको सम्मान तथा विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । एस ओ एस स्कुल रामबजारमा संचलान भइरहेको उक्त कार्यक्रममा उपाध्यक्ष भूमिराज अधिकारीले स्वागत मन्तव्य , सभापतित्व गणित शिक्षा परिषद् कास्कीका अध्यक्ष खगेन्द्रराज बरालले र कार्यक्रम संचालन सचिव धुर्व पौडेलले गर्नुभएको जानकारी परिषद् कास्कीका सुचना तथा सञ्चार संयोजक जयराम पौडेल दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist