Thursday, January 29, 2026

आजको मिति: २०८२ माघ १५ ,बिहीबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

१८औँ गणितीय हाजिरीजवाफ तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

पोखरा, माघ ५
गणित शिक्षा परिषद् कास्कीको आयोजनामा १८औँ गणितीय हाजिरीजवाफ तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विभिन्न विषयगत समितिहरूको सक्रियताले विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन सहयोग पुग्ने बताउनुभयो। साथै, गणित शिक्षा परिषद् कास्कीले यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिँदै आएकाले शिक्षकहरूको आत्मसम्मानसमेत वृद्धि भएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा विशेष अतिथि गणित शिक्षा परिषद् केन्द्रीय समितिका महासचिव टिकाराम पोखरेलले गणितीय हाजिरीजवाफ कार्यक्रमलाई जिल्ला, प्रदेश र राष्ट्रिय तहमा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो। कास्की जिल्लाले यस क्षेत्रमा लामो अनुभव हासिल गरिसकेकाले आगामी केन्द्रीय कार्यक्रम पोखरामै आयोजना गरिने उहाँले बताउनुभयो। गण्डकी प्रदेश गणित शिक्षा परिषद्का अध्यक्ष बेदप्रसाद शर्माले गणित विषयमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गरेको आधारमा गणित शिक्षा परिषद् केन्द्रीय समितिको मूल्याङ्कनअनुसार कास्की जिल्ला समिति नेपालकै उत्कृष्ट जिल्ला घोषित भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले यस गौरवलाई आगामी दिनहरूमा पनि कायम राख्न प्रेरणा प्रदान गर्नुभयो।कार्यक्रममा विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सामुदायिक विद्यालयतर्फ श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव अमागाईं, संस्थागत विद्यालयतर्फ सेन्ट मेरीज स्कुलका श्यामचन्द्र अगान्जा, विश्वविद्यालयतर्फ पृथ्वीनारायण क्याम्पसका डिल्लीराम अधिकारी सम्मानित हुनुभयो। त्यस्तै, गणित शिक्षा परिषद्का सदस्यहरूमध्ये विद्यावारिधि ९पीएचडी० सम्मानतर्फ त्रिभुवन विश्वविद्यालयका बद्री पगेनी र पोखरा विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद पौडेललाई सम्मान प्रदान गरिएको थियो। साथै, गणित शिक्षा परिषद्का संस्थापक सदस्य राम हाडालाई आजीवन उपलब्धि सम्मान प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै उहाँले सपना र विपनाको संगमका रूपमा गणितलाई प्रस्तुत गर्दै अन्य विषयहरूसँगको अन्तरसम्बन्धबारे प्रकाश पार्नुभयो।

शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली भाषा परिषद् कास्कीका अध्यक्ष सूर्यप्रसाद बरालले सम्पूर्ण विषयगत समितिको तर्फबाट अन्तरविषय समन्वयसहित कार्यक्रमको सफलताको कामना गर्नुभयो। यसै अवसरमा कास्कीमा सञ्चालन हुँदै आएको गणितीय हाजिरीजवाफको १८औँ शृङ्खलासमेत सुरु गरिएको छ। कार्यक्रमले गणित शिक्षाको प्रवर्द्धन, शिक्षकको सम्मान तथा विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।एसओएस स्कुल, रामबजारमा सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष भूमिराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रमको सभापतित्व गणित शिक्षा परिषद् कास्कीका अध्यक्ष खगेन्द्रराज बरालले गर्नुभएको थियो भने सञ्चालन सचिव ध्रुव पौडेलले गर्नुभएको थियो।

गणितीय हाजिरीजवाफ कार्यक्रमअन्तर्गत कास्की जिल्लाका चारवटा गाउँपालिकास्तरमा पौष १८ गते प्रतियोगिता सम्पन्न भई प्रत्येक गाउँपालिकाबाट एक–एक टिम सेमिफाइनलमा प्रवेश गरेका थिए। पोखरा महानगरपालिकाका विद्यालयहरूमध्ये माघ ४ गते सम्पन्न लिखित परीक्षाबाट ४२ टिम छनोट भई स्टेज अन क्विज चरणमा सहभागी भएका थिए। तीमध्येबाट ६ टिम फाइनल प्रतिस्पर्धामा सहभागी भए। माघ ५ गते सम्पन्न सेमिफाइनल तथा फाइनल प्रतिस्पर्धामा एसओएस, मदरल्याण्ड र धौलागिरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे। साथै, ब्रह्मरूपा, माछापुच्छ्रे र ग्लोबल स्कुलका विद्यार्थीहरूले सान्त्वना स्थान प्राप्त गरेका थिए।एसओएस स्कुलका प्रिन्सिपल चुडामणि सुवेदी प्रमुख अतिथि रहनुभएको समापन कार्यक्रममा सहसचिव महेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको जानकारी परिषद् कास्कीका सुचना तथा सञ्चार संयोजक जयराम पौडेल दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist