पोखरा, ६ माघ ।
पोखरा महानगर पालीका वडा नं. १५, मिलन मार्गमा रहेको मेरिल्याण्ड किड्स मन्टेश्वरीमा १३औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन गरिएको छ । मंगलबार विद्यालयको प्राङ्गणमा आयोजित उक्त खेलकुद समारोहलाई बिद्यालयका संस्थापक निर्देशक कुल प्रसाद सुबेदीले समुद्घाटन गरे ।खेलकुद दिवस समारोहको समुद्घाटनको पूर्व सन्ध्यामा बिद्यार्थीहरुले खेलकुद सम्बन्धि प्लेकार्ड सहीत टोल परिक्रमा गरेका थिए ।

बिद्यालयका संस्थापक प्रिन्सिपल सिता तिमिल्सिना सुबेदीको सभापतित्वमा भएको कार्यक्रममा बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक निसिता थापाले स्वागत मन्तव्य राखेकी थिइन् ।बालबालिकाको उमेर समुह अनुसार पप द वेलुन, सम रेस, स्पोन रेस, म्यूजिकल चियर, पिक अप द टोयज, वल पासिङ्ग, ब्याग प्याक, पिरामिड बनाउने, स्वुट रेस, हर्स रेस, म्याच द सेप, इन आउट, हट पोट्याटो लगायतका खेलहरु खेलाइने जानकारी अतिरिक्त क्रियाकलाप संयोजक थापाले बताइन् । बिद्यार्थीहरुलाई हौसला प्रदान गर्न शिक्षकहरुले पनी खेलमा सहभागिता जनाएका थिए ।

प्रिन्सिपल सिता तिमिल्सिनाले बिद्यालयले स्थापना देखीनै बालबालिकाको समग्र बिकासको लागी अतिरिक्त क्रियाकलापमा जोड दिदै आइरहेको बताइन । निर्देशक सुबेदीले बार्षिक खेलकुद कार्यक्रमको सफल बनाउन खटिनुभएका शिक्षक कर्मचारीहरु प्रती आभार ब्यक्त गर्दै धन्यबाद ज्ञापन गरे । २०६८ स्थापना भई २०६९ साल देखी पठनपाठन गर्दै आइरहेको यस मन्टेश्वरीले बालबालिकाको समग्र बिकासको आधार तयार गर्न योगदान गर्दै आएको पोखरा महानगर पालीका वडा नं. १५, को पहीलो मन्टेश्वरी हो ।













