Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

एनसेल छैटौ टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा

पोखरा, ८ माघ ।
एनसेल छैटौ टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने खेल प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ र शसस्त्र प्रहरीको एपिएफ क्लबको भिडन्त पक्का भएको छ । प्रतियोगिताको पहिलो दिन तीन खेल हुने प्रतियोगिताका अध्यक्ष नारायण शमाले जानकारी दिए । उनका अनुसार पुरुषतर्फ पहिलो खेल पाहुना टोली मालदिभ्स र नेपाल आर्मी क्लबका बीच हुने छ भने महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी क्लब आमने सामने हुनेछन् । माघ ९ देखि १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी ११ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा पुरुषतर्फ तीन विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबको सहभागिता हुने छ भने त्यस्तै गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ र मालदिभ्स भलिबल एशोसिएसन क्लबको सहभागिता रहेको छ । त्यस्तै महिलातर्फ तीन विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसहित टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र थाइल्याण्ड क्विन्सको सहभागिता रहेको छ ।

छैटौ संस्करणको च्याम्पियन हुने महिला तथा पुरूष दुबैतर्फ बिजेता टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले २ लाख ६ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो । तर यस पटक आयोजक टोली भने सहभागिता छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist