Thursday, January 29, 2026

आजको मिति: २०८२ माघ १५ ,बिहीबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

पोखरा–२४, कास्कीकोट गुन्टेचौरमा रहेको सिद्ध बराह आधारभूत विद्यालयको हिरक जयन्ती शुभारम्भ

पोखरा महानगरपालिका–२४, कास्कीकोट गुन्टेचौर स्थित ऐतिहासिक, धार्मिक तथा शैक्षिक महत्व बोकेको सिद्ध बराह आधारभूत विद्यालयले आफ्नो स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा हिरक जयन्ती महोन्सव २०८२.०८३ को औपचारिक शुभारम्भ भव्य समारोहका साथ गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रम मार्फत विद्यालयले विगत ६० वर्षको गौरवमय शैक्षिक यात्रालाई सम्मान गर्दै आगामी एक वर्षसम्म निरन्तर सञ्चालन हुने हिरक जयन्ती महोत्सव, शैक्षिक सुधार, संस्थागत सुदृढीकरण, पूर्वाधार विकास, सामाजिक सहभागिता तथा पूर्व विद्यार्थी सञ्जाल विस्तार सम्बन्धी विविध कार्यक्रमहरूको औपचारिक सुरुवात गरेको हो । हिरक जयन्ती वर्षको औपचारिक उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव, शिक्षाप्रेमी आदरणीय डा. शेषनारायण पौडेलले पानसमा बत्ती बालेर गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी तथा विद्यालय शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. पौडेलले विद्यालयको स्थापना कालदेखि वर्तमानसम्मको ऐतिहासिक यात्रा, शैक्षिक योगदान, गुणस्तर अभिवृद्धिका प्रयास तथा भविष्यका सम्भावनाबारे विस्तृत रूपमा चर्चा गर्नुभयो । उहाँले विद्यालयको विकास र शैक्षिक स्तर उकास्न पूर्व विद्यार्थीहरूले लिएको निर्णय, देखाएको सक्रियता र पु¥याएको योगदान अत्यन्तै सराहनीय, प्रेरणादायी तथा प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । शिक्षालाई समयानुकूल, व्यवहारमुखी र जीवनसँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले कुनै पनि विद्यार्थीले आफ्नो दैनिकीमा आवश्यक सीप सिकेर जीवन सहज रूपमा सञ्चालन गर्न सक्नु नै वास्तविक शिक्षा भएको बताउनुभयो । वर्तमान विज्ञान र प्रविधिको युगमा पुराना परम्परागत शिक्षण पद्धति भन्दा अघि बढेर नवीन प्रविधि, आधुनिक शिक्षण विधि र सृजनात्मक सोचलाई आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पढाइ र सिकाइ फरक विषय भएको स्पष्ट पार्नुभयो । प्रमाणपत्र प्राप्त गर्नु मात्र शिक्षाको अन्तिम लक्ष्य नभई जीवन, समाज र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्नु नै शिक्षाको सार भएको धारणा व्यक्त गर्दै परीक्षामा उच्च ग्रेड हासिल गर्नु भन्दा पनि देश विकासमा कति योगदान पु¥याइयो, जीवनमा कति परिवर्तन आयो र सिकेको ज्ञान व्यवहारमा कति लागू गरियो भन्ने कुरा महत्वपूर्ण हुने उहाँको भनाइ थियो । साथै, सामुदायिक विद्यालयको शैक्षिक सुधार, अभिभावकको विश्वास अभिवृद्धि तथा विद्यार्थी आकर्षण बढाउन पूर्व विद्यार्थीहरूले देखेको सपना पूरा गर्न सम्पूर्ण सरोकारवालाले हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले मन्त्रालयको तर्फबाट यस ऐतिहासिक अभियानलाई सफल बनाउन निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा ज्योती आमा समुह रैकर, खोरीयापानी आमा समुह, चिलिमडाडा आमा समुह, गुन्टेचौर महीला समुह र दोपहरे आमा समुहले आ आफ्नो ब्यानर सहीत सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रममा विद्यलायका पूर्व विद्यार्थी, पूर्व शिक्षक, पूर्व वि.व्य.स.का पदाधिकारीहरु र टोलबासीको सक्रिय सहभागीताले आपसी सदभाव सम्बन्धमा नबिकरण भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि तथा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले विद्यालयले मनाउन लागेको हिरक जयन्ती वडाकै गौरवको विषय भएको उल्लेख गर्दै वडाको तर्फबाट विद्यालयका शैक्षिक तथा भौतक विकास कार्यक्रमहरूमा आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक रिना शाहले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हिरक जयन्ती वर्षलाई विद्यालयको समग्र रूपान्तरण, गुणस्तरीय शिक्षा प्रवद्र्धन र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिइएको स्पष्ट पार्नुभयो । विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी तथा सफल व्यवसायी लेखनाथ सुवेदीले हिरक जयन्ती वर्ष सफल बनाउन तथा विद्यालयको गुणस्तर अभिवृद्धिका लागि आर्थिक स्रोत सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सहयोगका लागि आह्वान गर्नुभयो र दाताहरूको सम्मान व्यवस्था तथा वार्षिक कार्यक्रमबारे जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षकहरुलाई सम्मान गरिएको थियो भने बिद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।


हिरक जयन्ती वर्षको शुभारम्भ समारोहकै अवसरमा विद्यालयको शैक्षिक विकासलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन विभिन्न दानवीर तथा सहयोगी व्यक्तिहरूबाट अक्षयकोष स्थापना तथा आर्थिक सहयोगको घोषणा गरिएको थियो । यस क्रममा पोखरा २४ रैकर स्थायी घर भई हाल बेल्जियम निवासी यसै विद्यलायका पूर्व विद्यार्थी, पूर्व वि.व्य.स. अध्यक्ष, समाजसेवी, शिक्षा प्रेमी एवं दानवीर दुर्गाप्रसाद सुवेदीले भिडियो कल मार्फत सम्बोधन गरी आफ्ना दिवंगत पिताको नाममा स्थापना गरिएको अक्षयकोषमा रु. १,१३,५५५।– (एक लाख तेह्र हजार पाँच सय पचपन्न रुपैयाँ) थप गर्नुभएको छ । विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. देविप्रसाद सुवेदीको स्मृतिमा उहाँका छोरा तथा हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीराम सुवेदी तथा उहाँका नाती, हाल अमेरिकामा बसोबास गर्दै आउनु भएका गणेश सुवेदीले रु.१,११,१११।– बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ र उक्त कोषको रकम भविष्यमा थप वृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । त्यस्तै, पोखरा २४, गुण्टेचौर निवासी स्व. चन्द्रेश्वर चुवाइको स्मृतीमा निजको धर्मपत्नी मैना चुँवाइँ सुवेदी छोराहरु शिक्षाप्रेमी तथा समाजसेवी बेदहरी सुवेदी, रामेश्वर सुबेदी कुलप्रसाद सुवेदीको तर्फबाट रु. ५१,१११।– बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । पूर्व विद्यार्थी तथा व्यवसायी बोधराज सुवेदी र पूर्व विद्यार्थी तथा हाल भिमाद गाउँपालिकामा कार्यरत अधिकृत अजय सुवेदीले जनही रु. २५,१११।– बराबरको आर्थिक सहयोग प्रदान गर्नुभएको छ भने पूर्व विद्यार्थी बिष्णुमाया पौडेलले रु. १०५००।–, सिमलचौर आमा समूहको तर्फबाट रु. १०,१५५।–, चिलिमडाँडा आमा समूहको तर्फबाट रु. ५१००।– तथा अन्य पूर्व विद्यार्थीहरूबाट समेत उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको जानकारी दिइयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हिरक जयन्ती महोत्सवका संरक्षक काशीराम सुवेदीले विद्यालयको समग्र विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, स्थानीय समुदाय तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण विद्यालय प्रेमीहरूलाई एकताबद्ध भई सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले हिरक जयन्ती महोत्सव विद्यालयको गौरवशाली इतिहासलाई सम्मान गर्दै उज्ज्वल भविष्य निर्माण गर्ने साझा अभियान भएको स्पष्ट पार्नुभयो । कार्यक्रम कार्यक्रम पुर्व सहायक प्रध्यानाध्यापक तथा पुर्व वि. व्य. स. सदस्य एकबहादुर लुईटेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक तथा पूर्व विद्यार्थी विनोद सुवेदीले गर्नुभएको थियो । उहाँले हिरक जयन्ती वर्षभरि नै विद्यालयका शैक्षिक, सामाजिक तथा विकास गतिविधिहरूमा आर्थिक तथा संस्थागत सहयोग प्रदान गर्न सकिने व्यवस्था रहेको जानकारी गराउँदै निरन्तर सहभागिताको आग्रह गर्नुभयो । हिरक जयन्ती वर्षको औपचारिक शुभारम्भसँगै विद्यालयले आगामी एक वर्षभरि शैक्षिक, सामाजिक, सांस्कृतिक, खेलकुद, पूर्वाधार विकास, अक्षयकोष विस्तार, पूर्व विद्यार्थी सम्मेलन तथा स्मारिका प्रकाशन लगायतका विविध कार्यक्रमहरू चरणबद्ध रूपमा सञ्चालन गर्ने जनाएको छ, जसले विद्यालयको शैक्षिक गुणस्तर, संस्थागत क्षमता र सामाजिक विश्वासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको बिद्यालयका पूर्व बिद्यार्थी तथा कालिका बहुमुखी क्याम्पस पोखरा १४, काजिपोखरीका शिक्षा संकाय प्रमुख लोकनाथ सुबेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist