पोखरा १५, माघ ।
कालिका मा.वि.पोखरा–१० रामबजारले भु.पू. विद्यार्थीको भेला तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ । २०२१ सालमा स्थापना भई ६२ औं बसन्त पार गरिसकेको कालिका मा.वि.ले वार्षिकोत्सवको पूर्वसन्ध्यामा यस कार्यक्रम आयोजना गरेको हो । भेलामा विदेशमा रहेका भु.पू.विद्यार्थीको लागि ZOOM वैठकको व्यवस्था पनि गरिएको थियो । उपस्थित विद्यार्थीहरुले परिचय आदान प्रदानको साथै विगतको कालिका र उहाँका स्मरणयोग्य घटनाहरु वताउनु भयो । लामो गौरवपूर्ण इतिहास बोकेको स्कूलको विकासका लागि भु.पू.विद्यार्थीको योगदानलाई समेटनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भेलाले भु.पू.विद्यार्थी मंच गठन गरी त्यसको वैधानिकताका लागि दर्ता गर्नुपर्ने विचार व्यक्त ग¥यो । जसका लागि अरुण गुरुङ्गको संयोजकत्वमा ७ सदस्यीय दोस्रो भेला आयोजक समिति गठन भयो । सदस्यहरु अमिर भण्डारी,ज्ञानेन्द्र पौडेल,दिपक परियार, भवा वानिया, अनिता श्रेष्ठ,पदमा पन्त सदस्य रहनुभएको उक्त समितिले भु.पू.विद्यार्थीको ब्यापक संजाल निर्माण गर्ने र छिट्टै विधानतः दर्ता गर्न पहल गर्ने भनि निर्णय ग¥यो । उक्त पहिलो भेलाको आयोजना भु.पू.विद्यार्थी दिपक वहादुर थापाको पहल र संयोजकत्वमा भएको थियो ।













