Thursday, January 29, 2026

आजको मिति: २०८२ माघ १५ ,बिहीबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

टाइगर कपः एपीएफविरुद्ध पुलिसको शानदार जित, फाइनल खेल्ने सम्भावना कायमै

पोखरा, माघ ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै रहेको छ । पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । पुलिसकी मिना सुनार प्लेयर अफ द म्याच बनिन् ।

४ खेलबाट ७ अंक जोड्दै पुलिस दोस्रो स्थानमा उग्लिएको छ । पराजित भएको एपीएफ उपाधि दौडबाट बाहिरिएको छ । एपीएफले ४ खेलबाट ५ अंक जोड्यो । ३ खेलबाट ९ अंक जोड्दै न्यू डायमण्ड स्पोट्स क्लबले फाइनलमा स्थान बनाइसकेको छ । थाइल्याण्ड क्विन्स ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब ४ खेलबाट जितविहीन रहदै बाहिरिसकेको छ । अब समूह चरणको अन्तिम खेलमा न्यू डायमण्ड र थाइल्याण्ड क्विन्सबिचको खेल सुरु हुनेछ । यो खेलमा जित निकाल्न सके थाइल्याण्ड फाइनलमा पुग्नेछ । थाइल्याण्ड सोझो सेटमा पराजित भए पुलिस फाइनलमा पुग्नेछ । थाइल्याण्ड पाँचौं सेटमा पुगेर पराजित भए सेटका आधारमा कुन टोली फाइनलमा पुग्ने टुंगो लाग्नेछ ।

पुरुषतर्फ पनि दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल पुलिस र एपीएफबिच हुनेछ । त्यसपछि त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist