Saturday, January 31, 2026

आजको मिति: २०८२ माघ १७ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कुमुदिनी होम्समा बृहत् स्टिम प्रदर्शनी
Next
Prev

कालिका माविको ६२औँ वार्षिकोत्सवमा खुल्ला रक्तदान कार्यक्रम आयोजना हुँदै

पोखरा, कास्की ।
पोखरा महानगरपालिका वडा नं. १०, रामबजारमा अवस्थित श्री कालिका माध्यमिक विद्यालयले आफ्नो ६२औँ वार्षिकोत्सवको अवसर पारेर वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै “तपाईंको एक थोपा रगत कसैको सम्पूर्ण जीवन बन्न सक्छ” भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गर्न लागेको हो।

कार्यक्रमका संयोजक अमृत ढकालका अनुसार रक्तदान कार्यक्रम २०८२ साल माघ २० गते मंगलबार बिहान ७ बजे विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ। रगतको अभावका कारण बिरामीहरूले भोग्नुपरेको समस्यालाई न्यूनीकरण गर्दै जीवन रक्षामा योगदान पुर्‍याउने उद्देश्यले वार्षिकोत्सवको अवसरमा यो कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयले उक्त दिन सम्पूर्ण अभिभावक, पूर्व विद्यार्थी, शिक्षाप्रेमी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूलाई उपस्थित भई रक्तदानजस्तो महादानमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist