पोखरा, माघ ।
पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी माध्यमिक विद्यार्थीलयले आफ्नो वार्षिक कार्यतालिकाअनुसार सहिद दिवसको अवसर पारेर बृहत् स्टिम प्रर्दशनी सम्पन्न गरेको छ । कोही विद्यार्थीहरू विज्ञानका विषयवस्तु समेटिएका वस्तुहरू प्रदर्शनी र अवलोकन कर्ताहरूको जिज्ञासाका बारेमा बताउन व्यस्त देखिन्थे।कोही सामाजिक जनजीवनका बारेमा आगन्तुकहरूलाई जानकारी गराउनमै व्यस्त देखिन्थे । कार्यक्रम विभिन्न तहगत रूपमा सञ्चालन गरिएको थियो। जसअन्तर्गत कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूको प्रदर्शनीलाई निर्णायकहरूले प्रत्येक स्टलमा पुगेर मूल्याङ्कन गरेका थिए ।

विज्ञान बिषयअन्तर्गत श्रीकान्त सुवेदी , सन्दिप ढकाल, मनिष पौडेल र सविना बन्जरा तथा सामाजिक विषयअन्तर्गत सूर्य गुरुङ र झलक सुवेदीले निर्णायकको भूमिका निभाएका थिए। विज्ञान विषयसँग सम्बन्धित ३८४ वटा र सामाजिक विषयसँग सम्बन्धित ११५ वटा प्रोजेक्ट प्रदर्शनीमा राखिएको थियो । कार्यक्रम अवलोकनका लागि विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकको समेत उपस्थिति रहेको थियो ।अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय इकाइ प्रमुख लोकनाथ आचार्य, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेम आचार्य, गण्डकी प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव मन कुमार श्रेष्ठ, प्रदेश सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत खेम पौडेल, नेवा मिसा पुच का अध्यक्ष संगीता बज्राचार्यको विशेष उपस्थिति रहेको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी गराए ।














