Saturday, January 31, 2026

आजको मिति: २०८२ माघ १७ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कास्की १ मा नेकपाको चुनावी कार्यालय
कुमुदिनी होम्समा बृहत् स्टिम प्रदर्शनी
Next
Prev

तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारको ट्रिब्यूट, कुन्ती मोक्तानले दिईन् विशेष प्रस्तुती

पोखरा, माघ १७ ।

सन्देश श्रेष्ठ

स्वर्गिय स्वर किन्नरी द्वय तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका छन् । कालजयी स्वरकी धनी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाप्रति समर्पित तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका हुन् । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जद्वारा संयुक्त रुपमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हार्मोनीमा आबद्द कलाकारहरुले तारादेवी–अरुणा लामाका एक दर्जन कालजयी गीतहरु उनीहरु प्रति नै समर्पित गरेर गुञ्जाउँदै ट्रिब्यूट दिए ।

पोखरा महानगरपालिकाको प्रवद्र्दनमा आयोजित श्रष्टा स्मृति साँझमा हार्मोनीका कलाकारहरुले सामुहिक बन्दना र त्यसलगत्तै लगातार तारादेवी र अरुणा लामाका कालजयी गीतहरु ‘शुभकामना भरी’, ‘उकाली ओरालीहरुमा’, ‘पोहोर साल’, ‘एक फूल झरेर के भो ? ’, ‘ए कान्छा ठट्टैमा’, ‘हेर न हेर कान्छा’, ‘फूललाई सोंधे’ गुञ्जाउँदै स्वर किन्नरी द्वयलाई श्रद्दाञ्जली अर्पण गर्दै गुञ्जाएपछि कार्यक्रम शुरु भएको थियो । त्यसपछि पालैपालो स्टेजमा उक्लिएका गायीकाहरु ईतु जोजिजु, शितल थापा, कौशल्या गुरुङ, रजनी ऋदम राई, लक्ष्मी गिरी, मितु पाल र बबी दियाली रसाईलीले सांगीतिक प्रस्तुती दिए । जहाँ उनीहरुले तारादेवी र अरुणा लामाका एकपछि अर्को गर्दै गीतहरु गुञ्जाउँदा दर्शक नोस्टाल्जिक बने भने आफ्नै गीत सुनाउँदा दर्शक आल्हादित बने । कार्यक्रममा ईतुले अरुणा लामाको ‘मैले जीवनलाई कसरी सजाएँ’ र ‘आफ्नो र त्यो कहिले घाम, कहिले छायाँ’, सितल थापाले तारादेवीका ‘टाढाबाट बोलाएको’ र ‘जति माया लाएपनि’, कौशल्या गुरुङले तारादेवीको ‘जताततै खोजें’ र आफ्नो ‘जून राम्रो जुनेली रातको’, रजनी ऋदम राईले अरुणा लामाको ‘भेटिनु छुटिनु’ र आफ्नो ‘को छ र मेरो’, लक्ष्मी गिरीले अरुणा लामाको ‘उदास मेरो जीवन कथा’ र आफ्नो ‘हिमालकी प्यारी छोरी’, मितु पालले अरुणा लामाको ‘हाँसी राखें, बोली राखें’ र आफ्नो ‘परिभाषा हराएको’ तथा बबी दियाली रसाइलीले तारादेवीको ‘जबजब मेरा सपनाहरु’ गीत भ्वाईलिनको साथमा गुञ्जाएका थिए ।

कार्यक्रममा आधुनिक र शास्त्री संगीतमा छुट्टै पहिचान बनाएकी चर्चित गायीका कुन्ती मोक्तानले विशेष सांगीतिक प्रस्तुती दिएकी थिईन् । सुर शक्ति नारी समूहकी सचिवसमेत रहेकी उनले तारादेवी र अरुणा लामालाई समर्पित गर्दै अरुणा लामाको ‘म आँखैमा राख्न’र आफ्ना दुई गीतहरु ‘भन्छन् कोहि’ र ‘माथि माथि सैलुङ्गेमा’ गीतहरु गुञ्जाईन् । जसले कार्यक्रममा छुट्टै रौनकता थपेको थियो । कार्यक्रममा स्मृति साँझको औचित्य र आवश्यक्ताका बारेमा कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले प्रष्ट्याएका थिए भने साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक प्रकाश सायमीले स्वर्गिय कलाकार द्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सुनाएका थिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तारादेवी–अरुणा लामा स्मृति साँझ पोखराको अर्को एउटा प्रोडक्ट बनेको बताए । उनले भने,‘पोखराका सबै क्षेत्रका अगुवाहरुको जमघट गर्ने एउटा थलेको बनेको छ यो । जसले गीत, संगीतसँगै पर्यटनमासमेत छुट्टै आयाम थपेको छ ।’

समापन कार्यत्रममा बोल्दै एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङले स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामाको माघ २२ गते र कालजयी गायीका तारादेवीको माघ ९ गते स्मृति दिवस भए पनि यी दुवै सर्वप्रिय गायीकाको स्मृति दिवसको सन्दर्भ पारेर हार्मोनी र एभरेस्ट एफएमले २०७९ सालदेखि हरेक वर्ष अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना गर्दै आएको जानकारी दिईन् । उनले गीत, संगीतको माध्यमबाट देशको शीर उचो बनाउने कलाकारहरुलाई समर्पित गर्न आयोजित यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने प्रतिबद्दता जनाईन् । कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist