पोखरा, २१ फागुन ।
कास्कीमा जारी निर्वाचनमा ६१ दशमलब ३४ प्रतिशत मतखसेको छ । कास्की जिल्लाका तिन वटै क्षेत्रमा १ लाख ८९ हजार २ सय ६७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । १ लाख ३ सय ५ जना महिला, ८८ हजार ९ सय ५९ पुरुष र ३ जना अन्यले मतदान गरेको कार्यालयले जनाएको छ । अभै रुजु गर्ने काम भैरहेका कारण मत प्रतिशत थप घट हुन सक्ने कार्यालयले जनाएको छ । कास्की जिल्लाभर दुई अस्थायी मतदान केन्द्रसहित ३ सय ६५ मतदान केन्द्र र १ सय ५३ मतदान स्थल रहेका थिए ।
मतगणना राति सम्म मतपेटिका आएपछि सर्वदलीय बैठक पछि गणना शुरु गर्ने निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालले जानकारी दिए । कास्की २ का सबै मतपेटीका आइसेका र अन्य क्षेत्रका पनि आउने क्रम जारी रहेको बताए ।














