Saturday, March 14, 2026

आजको मिति: २०८२ फाल्गुन ३० ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पोखरामा स्कुटर दुर्घटना, एक युवतीको मृत्यु
कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता
विन्ध्येश्वरीमा एकल गीत प्रतियोगिता सम्पन्न
Next
Prev

मिभञ्ज्याङमा चैते दशैँको अवसरमा मिनी म्याराथनको हुने

३०,फागुन पोखरा ।
लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दशैँको अवसरमा खुला मिनी म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। समुन्द्री सतहदेखि करिब १५०० मिटरको उचाइमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल तान्द्राङकोट नागभैरब थानको प्रचारप्रसार गर्ने उद्देश्यले यसपालिदेखि हरेक वर्ष मिनी म्याराथन प्रतियोगिता आयोजना सञ्चालन गरिने क्लबका अध्यक्ष बाबुराम मल्लले जानकारी दिनुभयो । तान्द्राङकोटबाट विभिन्न २५ जिल्ला ,पोखराको फेवाताल तथा अन्नपूर्ण हिम श्रृङ्खला राम्रोसँग अवलोकन गर्न सकिने र हाम्रा स्थानीय ठाउँहरूको पनि चिनारी होस् भन्ने चाहना स्वरूप म्याराथन आयोजना गरिएको सचिव इभन जोशीले जानकारी गराउनुभयो ।

मध्यनेपाल नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ओमवीर गुरुङका अनुसार पछिल्लो क्रममा नेपालमा पनि आन्तरिक पर्यटनको सम्भावना बढ्दो छ । जसका लागि हाम्रो यो क्षेत्र पनि एउटा गन्तव्य बन्न सक्छ । यसैका लागि पनि हामी काम गरिरहेका छौँ । हाम्रा सामाजिक जनजीवन र यहाँका प्राकृतिक तथा साँस्कृतिक पक्षहरू नै समिभञ्ज्याङको मूल आकर्षण हो अध्यक्ष गुरुङले भन्नुभयो । प्रथम हुनेले नगद तीस हजार र मेडल, द्वितीय हुनेले नगद बीस हजार र मेडल, तृतीय हुनेले नगद दस हजार र मेडल प्राप्त गर्ने छन् भने तीन जना धावकलाई सान्वना पुरस्कार स्वरूप तीन हजार रुपियाँ र मेडलले सम्मान गरिने कुरा सचिव इभन जोशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist