चैत्र, ६ पोखरा ।
पोखरा महानगरपालिका वडा नं.४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा पाइला फाउण्डेसन नेपालसँगको सहकार्यमा बिहीवार एक कार्यक्रमका बिच विद्यार्थीहरूले विभिन्न पुस्तकहरूमाथि परिचर्चा गरेका छन् । विद्यालय संस्थापक मिना पालिखेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आधारभूत तह अन्तर्गत कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूमध्ये जम्मा १७ जना विद्यार्थीहरूले आफूले पढेका विभिन्न विधाका पुस्तकहरूमा आफ्ना अभिभावकहरूको उपस्थितिमा आ आफ्ना अवधारणा प्रस्तुत गरेका थिए। कार्यक्रमका बारेमा विद्यालयका सह प्राचार्य मुकेश कुमार अधिकारीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अभिभावकहरूका तर्फबाट प्रविण महाजन , सन्ध्या गुरुङ , सम्झना श्रेष्ठ लगायतले विद्यार्थीका प्रस्तुतिको प्रसंशा गरेका थिए । त्यस्तै फाउण्डेसनका सिइ ओ नरेन्द्र कुमार नगरकोटीले खास गरी आफूहरूले रिडिङ कल्चरु को क्षेत्रमा काम गरिरहेको र त्यसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले थप ऊर्जा मिलेको कुरा बताउनुभयो ।
आजका विद्यार्थीमा सिर्जनात्मक क्षमतामा कमी आइरहेको परिप्रेक्षमा अध्ययनशील बानीको विकास गर्न सकिएमा त्यसले उपलब्धि दिन सक्ने कुरामा समेत जोड दिनु भयो।आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यार्थीहरू सम्मान गुरुङ र समृद्धि महाजनको सञ्चालनमा सम्पन्न भएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो ।














