Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

TRENDING
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

त्रिकोणात्मक सम्बन्ध

कुलप्रसाद सुवेदी
महासचिव
बाल अधिकार नेपाल

मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन, क्षमताको विकास गर्न, आफ्नो अधिकार कर्तव्य र दायित्वको वोध गराउन, असल खराब छुट्याउने क्षमताको विकास गराउन आत्मनिर्भर बनाउन, विवेकशीलताको विकास गराउने जस्ता धेरै क्षेत्रको विकास गराउन शिक्षाको ठूलो भूमिका हुन्छ । शिक्षाले मानिसको सोचाईलाई फराकिलो बनाउन सहयोग गर्छ । आज शिक्षाकै कारणले संसारमा आशातीत परिवर्तन र विकास हुन सम्भव भएको हो । यसरी मानिसको चौतर्फी (समग्र) विकासमा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ, जुन शिक्षाको आधारभूत तहको शुरुवात र निरन्तरता विद्यालय शिक्षाबाट हून्छ । विहानीले दिनको सङ्केत गर्दछ भनेझैँ मानिसको समग्र भविष्यको सङ्केत उसको विद्यालयस्तरको अध्ययनमा भर पर्छ । केही अपवाद बाहेक मानिसको समग्र भविष्यको जग वा आधारशीला विद्यालय शिक्षाबाट प्रारम्भ भई अगाडि बढ्दछ ।
विद्यार्थीको विद्यालय तहको अध्ययनमा विद्यार्थी आफू स्वयम् विद्यालय परिवार र अभिभावकको ठूलो भूमिका हुन्छ । अभिभावकले आफ्ना सन्ततिहरूको उज्ज्वल भविष्यको परिकल्पना गरेका हुन्छन् जसका लाग उनीहरूले ठूलो त्याग र तपस्या गरेका हुन्छन् । त्यो त्याग र तपस्या उपलव्धिमूलक हुनु पर्छ । उनीहरूले जानेर र बुझेर त्याग गर्न सक्नु पर्छ । अभिभावक पनि आफ्ना सन्तानहरूको शिक्षामा ठूलो ध्यान पु¥याउनु पर्छ । सन्तानको मनोभावनालाई बुझेर आवश्यक सुविधा तथा सोही अनुरूपको वातावरण तयार गरिदिनु पर्छ । अभिभावकले आफ्ना सन्ताप्रति दया, माया, करुणाका साथसाथै आवश्यक सुझाव, सल्लाह र निर्देशन पनि गर्नु पर्छ । आफ्ना सन्तानका प्रत्येक क्रियाकलापहरूको अध्ययन गरी ठीक बेठीक छुट्याई उनीहरूलाई परोत्साहन तथा सजायँ पनि दिनु पर्छ । आफ्ना सन्तानले गरेका नराम्रा कार्यमा काँध थाप्नु हुँदैन । अभिभावकले आफ्ना सन्तानले गरेका सम्पूर्ण मार्ग पूरा गरिदिनु हुँदैन । ती मागहरू उपयोगी छन् कि छैनन् राम्ररी विश्लेषण गरेर मात्र ती माग पूरा गरिदिनु पर्छ भने कतिपय उनीहरूले माग नगरेका स्रोत साधनको व्यवस्था पनि मिलाइदिनु पर्छ ।
अभिभावक समय–समयमा विद्यालय गई आफ्ना सन्तानको विभिन्न गतिविधिको वारेमा जानकारी राख्नु पर्छ । आफ्ना सन्ततिको घरमा गर्ने क्रियाकलापको वारेमा विद्यालयलाई जानकारी दिनु पर्छ । अभिभावकले समय–समयमा आफ्ना सन्तानलाई शिक्षा दिने शिक्षकहरूसँग व्यक्तिगत रूपमा भेटी समस्या राख्नु पर्छ किनकि आफ्ना सन्तातका विषय शिक्षक उनीहरूका क्रियाकलापसँग प्रत्यक्ष सहभागी हुन्छन् । अभिभावकले आफ्ना सन्तानमा देखिएका कमजोरीहरू विद्यालय प्रशासनमा मात्र राखेर पुग्दैन । कतिपय अभिभावकहरू बच्चासँग जोडिएको अध्ययन अध्यापनसँग सम्बन्धित समस्या सिधै प्राचार्यसँग राखेमा त्यसको समाधन निस्किहाल्छ भन्ने सोच्दछन् तर उनीहरुले त्यो समस्या प्राचार्यको साथसाथै विषय शिक्षकसँग राखेमा आफ्नो सन्तानको शिक्षामा बढी सकारात्मक असर पर्छ । प्रत्येक अभिभावकले विद्यालय प्रशासन र शिक्षक शिक्षिकाप्रति सकारात्मक भाव राख्नु पर्छ र आफ्ना सन्तानलाई पनि सकारात्मक भाव राख्न प्रेरित गर्नुपर्छ ।

विद्यालय विद्याको मन्दिर हो जहाँ विद्यार्थीहरूले आफ्ना क्षमताको विकास गरिरहेका हुन्छन् । विद्यालयले विद्यार्थीको लागि आवश्यक शैक्षिक वातावरणको व्यवस्था मिलाउनु पर्छ । पठनपाठनको लागि आवश्यक आधारभूत स्रोत, साधन, नीति, नियम तथा दक्ष लगनशील, क्षमतावान र समर्पित शिक्षक शिक्षिकाको व्यवस्था मिलाई दिनु पर्छ । समय अनुरूपको भवन, पुस्तकालय, कम्प्युटर र विज्ञान प्रयोगशाला, खेलकुद सामग्री र खेलमैदान र अन्य सृजनात्मक विकासको लागि आवश्यक स्रोत साधन जुटाइदिनु पर्छ । विद्यालयले पठन पाठनको लागि आवश्यक शैक्षिक सामग्रीको पनि व्यवस्था मिलाइ दिनु पर्छ । विद्यालयले आफ्ना प्रशासनिक कार्यलाई चुस्तदुरुस्त राख्नु पर्छ । जसका कारणले विभिन्न अनावश्यक झन्झट व्यहोर्नु नपरोस् । विद्यालयले आफ्नो परिवारका सदस्य शिक्षक तथा अन्य कर्मचारीहरूको क्षमता र कार्य सम्पादनको सही मूल्याङ्कन गर्नु पर्छ । विद्यालयले नातावाद, कृपावाद र चाकरीवाद आधारमा शिक्षकको मूल्याङ्कन गर्नु हुँदैन । विद्यालयले आफ्नो संस्थामा आवद्ध शिषक शिक्षिकालाई उनीहरूको क्षमता र कार्य सम्पादनको आधारमा समय अनुरूपको तलव तथा अन्य सुविधा प्रदान गर्नु पर्छ । जसको कारण शिक्षकले खुल्ला हृदयले ढुक्क भएर स्वतःस्फूर्त पढाउन सकोस् । विद्यालयमा आवद्ध शिक्षक तथा कर्मचारीहरूमा असन्तोष भयो भने विद्यालयले सोचे अनुरूपको शैक्षिक उपलव्धि हाँसिल हुन सक्दैन । विद्यालयले पाठ्यपुस्तकमा भएको ज्ञानलाई मात्र नभइकन अनुशासन र नैतिक शिक्षामा बढी जोड दिनु पर्छ । विद्यालयले चरित्रवान् नागरिक उत्पादनमा जोड दिनु पर्छ । विद्यालयले विद्यार्थीलाई असल संस्कारको विकास गर्नु पर्छ । यसका लागि विद्यालय प्रशासनले विद्यार्थी अभिभावकसँग समन्वय गरी अगाडि बढ्नु पर्छ ।
मानिसको जीवनमा सबभन्दा महत्वपूर्ण अवस्था भनेको विद्यार्थी जीवन नै हो । यस जीवनमा गरिने कर्मले भावि भविष्यको मार्गको निर्माण गर्दछ । भविष्यलाई असल बाटातर्फ डो¥याउन पनि मानिसले यस अवस्थाको सही सदुपयोग गर्नु पर्छ । मानिसको विकाससँगै हुने विभिन्न परिवर्तनका कारणले मानिसमा विभिन्न नयाँ इच्छा र आकाङ्क्षाहरू पनि बढ्ने गर्दछन् । ती इच्छा आकाङ्क्षाको सही विश्लेषण गरी आफूलाई दीर्घकालसम्म फाइदा हुने इच्छा आकाङ्क्षालाई मात्र लिइ अगाडि बढ्नु पर्छ । विद्यार्थीले अनुशासनको महत्व राम्ररी बुझी प्रत्येक तह–तहमा अनुशासनको पालना गर्नु पर्छ । विद्यार्थीले रिस, घमण्ड, ईष्र्या, डाहा, मोजमस्ती, निन्द्रा, अल्छिपन, अल्पकालिन सोच आदि त्याग्नु पर्छ । यस अवस्थाको सबैभन्दा बढी समय अध्ययन र सीप विकासमा लगाउनु पर्छ । विद्यार्थीले प्रत्येक तह–तहमा गहिरिएर सोचेर मात्र काम गर्नु पर्छ । यस अवस्थामा आफैले आफूलाई सम्हाल्न सक्नु पर्छ । कुनै कार्य गर्नुपूर्व त्यस कार्यको नतिजा पनि सोच्नु पर्छ । विद्यार्थी आफूलाई चाहिने आधारभूत सामग्रीहरू मात्र प्रयोग गर्नु पर्छ । आधुनिक सञ्चार तथा अन्य साधनहरूको पनि सदुपयोग गर्नु पर्छ दुरूपयोग गर्नु हुँदैन । विद्यार्थीले विलासिताका सामानको प्रयोगमा ध्यान दिनु हुँदैन । उनीहरूले आफ्ना माता, पिता, गुरु र आफूभन्दा माथिल्ला तह तथा उमेरकालाई मान–सम्मान गर्न सिक्नु पर्छ भने आफूभन्दा सानालाई माया गर्नु पर्छ । उनीहरूले कुनै पनि कुरामा सकारात्मक सोच राख्नु पर्छ । सकारात्मक सोचले नै मानिसलाई सफलता तर्फ लाग्न सकिन्छ ।
शिक्षण सिकाइ प्रक्रिया सफल हुनको लागि यससँग सम्बन्धित विद्यार्थी अभिभावक र विद्यालय परिवारका बीचमा समन्वय हुनु आवश्यक छ । यसका लागि तिनै पक्षले आफ्नो अधिकार, कर्तव्य र दायित्वको वोध हुनु पर्छ । यिनीहरू मध्ये कुनै एकले अर्कोलाई दोष दिएर मात्र हुँदैन । एक आपसमा नियमित संवाद, खबरको आदान–प्रदान, सोचहरूको आदान–प्रदान पनि गर्नु पर्छ । यसरी यी तिन पक्षमा समन्वय भई सबैले आ–आफ्नो जिम्मेवारी सही ढङ्गबाट पालन गरेमा शैक्षिक उद्देश्य हाँसिल हुन सक्छ र देशको लागि आवश्यक असल र सभ्य नागरिकको उत्पादन गरी परिवार, समाज तथा राष्ट्रको चौतर्फी विकास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist