मन्टेसरी यशोसियसन कास्कीको ७ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । प्रमुख अतिथि आचार्यले शिक्षाको आधार पूर्व प्राथमिक तह तथा बालबिकासबाट शुरु हुने र त्यस अवस्थाका बालबालिकाको शिक्षामा मन्टेसरीहरुको ठूलो योगदान रहेको बताए ।
सस्थाका अध्यक्ष शाल्भी बाँस्तोलाको अध्यक्षमा भएको उक्त कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत बहादुुर खत्रीलाई सम्मान गरिएको थियो ।
संस्थाका सचिव जर्नादन सुबेदीले बार्षिक कार्यप्रगती बिवरण समेटीएको प्रतिबेदन र कोषाध्यक्ष रीतु पौडेलले आर्थीक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहका मीलन के.सी, भवानी अधिकारी, शर्मीला प्रधानाङ्ग र कुलप्रसाद सुबेदीले आ–आफ्ना भनाई राखेका थिए । सस्थाका अध्यक्ष शाल्भी बाँस्तोलाले बार्षिक कार्ययोजना राखेको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव जर्नादन सुबेदीले गरेका थिए । वार्षिक साधरण सभाको औपचारीक कार्यक्रम सम्पन्न पछी संस्थामा आवद्ध सदस्य बिद्यालयका संस्थापक तथा प्रिन्सिपलहरुका बिच रमाइलो बनभोज कार्यक्रम पनि गरिएको थियो ।