पोखरा–१० रामबजारमा अवस्थित कालिका मा.वि.ले शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । वि.व्य.स.अध्यक्ष श्री दिपकवहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा नर्सरी देखि कक्षा ९ सम्म प्रत्येक सेक्सनवाट प्रथम,द्वितीय र तृतीय हुने छात्र–छात्राहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । त्यसै गरी प्रत्येक कक्षावाट नियमितता, अनुशासन र सरसफाईमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
त्यस कार्यक्रममा CWSN का अध्यक्ष गोविन्दराज पहारी , व्यवस्थापक सञ्जय आत्रेय र फोकल शिक्षक राधा बराललाई विद्यालयलाई पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
विद्यार्थी,शिक्षक, अभिभावक, वि.व्य.स,शि.अ.क.को उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष दिपकवहादुर थापाले कालिका मा.वि.यस क्षेत्रको नमूना मा.वि.भएकोले यस क्षेत्रका विद्यार्थीहरुको पहिलो रोजाईको विद्यालय बनाउन शै.स.२०८० मा नयाँ योजनाका साथ पढाई सञ्चालन गर्ने कुरा बताउनुभयो । सफल विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै यस विद्यालयका विद्यार्थीहरु लगनशील , अनुशासित, वाठा र तेजिला भएकोमा गर्व गर्नुभयो ।
कार्यक्रममा प्रधानाध्यापक बलराम गिरीले सफल विद्यार्थीलाई हार्दिक बधाई र उज्वल भविष्यको कामना गर्नुभयो । विद्यालयका सहायक प्रधानाध्यापक बासुदेव अधिकारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन सहायक प्र.अ.श्रीराम आचार्यले गर्नुभएको थियो ।

