केही दिनयता पोखरा सहित अन्य जिल्लामा गर्मी अधिक बढेको छ । गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै होसियारी अपनाउनु पर्ने सुझाव विशेषज्ञहरूको रहेको छ । पोखरामा दिउँसो ३३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुन थालेको छ । गर्मीका कारण बालबालिकामा शारीरिक र मानसिक तनाव बढ्न सक्ने भएकाले ख्याल गर्नु पर्ने बाल रोग विशेषज्ञको भनाइ छ । गर्मीले बालबालिकामा छालासम्बन्धी रोगका साथै जन्डिस, टाइफाइड र झाडापखालाको समस्या पनि हुनसक्छ, जनाएका छन् ।विभिन्न समस्या लिएर बालबालिकाहरूलाई अस्पताल ल्याउने गरिएको बताउँदै पानीको मात्रा कम हुन दिनु हुदैँन । अधिक गर्मीले बालबालिकाहरूमा ज्वरो आउने, रिँगटा लाग्ने बेहोस हुने जस्ता लक्षणहरू पनि देखा पर्ने र अधिक गर्मीले ज्यान नै जान सक्ने खतरा पनि हुन्छ, ।
बालबालिकाहरूलाई १०४ डिग्रीसम्म ज्वरो आउने, मुटुको चाल बढ्ने, पिसाब रोकिने जस्ता कार्य भयो भने खतराको सङ्केत भएको बुझ्न विज्ञको भनाइ छ । गर्मि बढेकाले विद्यालयका विद्यार्थीहरु पढाईमा अल्छि मान्ने, विरामी हुने गरेको राम आधारभुत विद्यालयकी सहप्राद्यानाध्यापक कल्पना पौडेलले बताइन । बालबालिकाहरूलाई गर्मीको प्रभावको बारेमा ध्यान दिँदै विद्यालयमा स्वच्छ पानी व्यवस्था गरिएको पौडेलले बताइन ।