Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई

पोखरा फेवातालमा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ फेस्टिवल सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको सहआयोजनामा ‘ड्रागन बोट रेस फेस्टिवल सम्पन्न भएको हो । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा चीनको सिचुवान ड्रागन बोट टिमले उपाधि हात पारेको छ । प्रतियोगितामा पहिलो भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ हात पारेको छ । त्यस्तै, प्रतियोगितामा नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दोस्रो स्थान हात पार्न सफल भएको छ । २ सय र ५ सय मिटर दुवै विधामा दोस्रो स्थान बनाएका नेपाली टिमले उपाधिसँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पार्न सफल भएको छ । मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो । त्यस्तै प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले प्राप्त गरेका छन् ।
नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेस तथा फेस्टिभलको आयोजना गरिएको थियो । नेपाललाई विश्वभर प्रवर्द्धन गर्न एवं यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने स्थानीयको भनाइ छ ।
ड्रागन बोट रेसलाई आगामि वर्षमा निरन्तरता दिने आयोजकले जनाएका छन् । त्यस्तै दक्षिण एसियामै पहिलो पटक आयोजना भएको बोट रेस फेस्टिभलमा झिलिमिली बोट, प्रतिस्पर्धी र दर्शकहरुले फेवातालको रौनक फेरिएको थियो । फेस्टिभलमा सहभागि नेपाली दशृकहरु लगायत चिनिया पाहुनाहरु सबै निकै उत्साहित देखिन्थ्य । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist