कास्कीकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीमा महिलाको भुमिका भन्ने बिषयमा वक्तृत्वकला प्रतियोगितो सम्पन्न भएको छ । पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा बिभिन्न सहकारीका १० प्रतियोगिहरुको सहभागीता रहेको थियो । कास्कीकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सन्तु सुबेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा न. २४, का वडा अध्यक्ष भरत बहादुर अधिकारीे प्रमुख आतिथी रहनुभएको थियो ।
महिलामा भएको आन्तरिक प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको निणार्यकमा गण्डकी प्रदेशका पुर्व माननीय प्रभा कोइराला ,वडा २४ का जन प्रतिनिधि कृष्ण सुबेदी र कास्कीकोट बचत तथा ऋण सहकारीका सल्लाहकार हेम प्रसाद तिमिल्सिना रहनुभएको थियो । प्रतियोगितामा शारदा भट्टराई प्रथम, भिममायास सुबेदी दितिय, बिष्णु कार्की तृतीय र सृजना धिमिरेले सान्त्वना स्थान प्राप्त गरेका थिए । सहकारीका उपाध्यक्ष सोनिला कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका सचिव सीता तिमिल्सिना सुवेदीले गरेकी थिइन् । संस्थाका अध्यक्ष सन्तु सुबेदीले कार्यक्रममा सहभागी प्रतियोगिहरुप्रती आभार ब्यक्त गर्दै संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन ।

