पोखरा महानगरपालिका वार्ड नं. १७ महतगौँडाका बालबालिकाहरुका लागी आखाँ परिक्षण सहित आखाँ सचेतना कार्यक्रम भएको छ । सृजना विकास केन्द्रद्धारा संचालित सृजना बालगृहको आयोजनामा हिमालय आखाँ अस्पतालको प्राविधिक सहयोग भएको कार्यक्रममा १५९ बालबालिकाको आखाँ परिक्षण गरीएको बालगृह संयोजक सोमनाथ बरालले बताए । सो शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वार्ड नं. १७ का अध्यक्ष राधिका शाही योगीले बालबालिका पुर्नस्थापना सहित सामाजिक कार्यमा लाग्नु महत्वपूर्ण कार्य भएको बताइन ।बालगृहमार्फत भएका कार्यलाई प्रभावकारी बनाउन वार्डले सकारात्मक भूमिका खेल्ने बताइन । २०३७ मा स्थापित केन्द्रले पोखरामा विविध सामाजिक सेवा, शिक्षा स्वास्थ्य लघुवित्त सहित २०६४ देखि द्धन्द्ध पिडित बालबालिकाहरुको बालगृह शुरुवात गरीएको केन्द्रको अध्यक्ष कृष्ण बहादुर थापाले बताए । कार्यक्रममा सल्लाहाकार सभापति गणेश बहादुर अधिकारी, वार्ड सदस्य शिवराम भण्डारी, हिमालय आखाँ अस्पतालका डा. शसिकला लामिछाने, वार्ड न. ८ का वार्ड सदस्य गोविन्द बराल,सहयोगी सस्ंथा लायन्स ,डिष्ट्रीक प्रमूख बालकृष्ण बराल, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, कोषाध्यक्ष कृष्ण प्रसाद बराल, सचिब भिम सुवेदी, व्यवस्थापक दिलिप सुवेदी लगाएतले आ आफ्नो धारणा राखेका थिए । सो शिविरमा स्थानिय विद्यालयहरुका विद्यार्थीहरुलाई आखाँ सम्बन्धी सचेतना परिक्षण, औषधी वितरण गरिएको थियो ।
