Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
  • रोचक जानकारी
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  • रोचक जानकारी
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

ट्राफिक प्रहरीका समस्या

सडकको ट्राफिक व्यवस्थापन गर्न खटिएका प्रहरी आफ्नै दैनिकी हेरचाह गर्न नसक्दा गम्भीर रोगबाट पीडित हुन थालेका छन् । गण्डकी प्रदेशमा खटिएका ३६४ मध्ये अधिकांश प्रहरी मृगौला,  श्वास–प्रश्वास तथा कानसम्बन्धी समस्याबाट पीडित हुन थालेका छन् । बाह्रदेखि चौध घन्टासम्म सिट्ठी बजाउँदै सडकमा उभिनुपर्दा स्वास्थ्यसम्बन्धी समस्या आउनु स्वाभाभिक हो । दिनभर धुवाँ र धुलोसँग मुकाबिला गर्नुपर्दा थुप्रै समस्याको सामना गर्नुपरेको गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले बताए ।
विभिन्न प्रकारका रोगका साथै ट्राफिक प्रहरीलाई सवारीचालक तथा सडक यात्रुहरुले समेत हैरान बनाएका हुन्छन् । कतिपय चालकले गल्तीलाई ढाकछोप गर्दै त्यसबाट उम्कन निकै ठूलो शक्ति प्रदर्शन समेत गर्नेगर्दछन् । ट्राफिक प्रहरीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक तथा यात्रु रहेका छन् ।
भौतिक तथा अति आवश्यक सुविधा नभएकाले पनि ट्राफिक प्रहरीमा समस्या देखिएको छ । कम जनशक्ति र चर्को ट्राफिक व्यवस्थापनले ट्राफिक प्रहरी बढी खटिनुपर्दा समयमा उपचार पाउन सकेका छैनन् । ट्राफिक प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले भने, “ट्राफिक प्रहरी कहाँ छ भनेर सबैले सोध्छन् तर ट्राफिक प्रहरीको समस्या के छ कसैले साध्दैनन्”माओवादी नेतृत्वको सरकारका पालमा तत्कालीन अर्थमन्त्री डा.बाबुराम भट्टराईले ट्राफिक कारबाहीबाट उठेको रकमको पच्चीस प्रतिशत ट्राफिक प्रहरीलाई नै दिने निर्णय गर्नुभएको थियो । तर त्यो निर्णय भने अहिलेसम्म कार्यन्यवन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist