Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • रोचक जानकारी
TRENDING
  • समाचार
  • रोचक जानकारी
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

कोरा साइक्लिङ च्यालेन्ज हुने

नवलपुरको कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ । साइकल पर्यटन  प्रचारको उद्देश्यका साथ नवलपुरका तीन ठुला नगरलाई समेट्ने गरि आयोजना गर्नका लागि ‘कोरा साइक्लिङ च्यालेन्ज’को तयारी पुरा भएको आयोजकले जनाएको छन् ।
प्रत्येक वर्ष असार महिनाको तेस्रो शनिबार नेपालका विभिन्न स्थानहरु लगायत विदेशमा समेत सोही दिन वार्षिक रुपमा ‘कोरा साइक्लिङ च्यालेन्ज’ कार्यक्रम गरिँदै आएको छ । कुनैपनि पवित्र तीर्थ स्थललाई तीर्थ यात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ ।
कार्यक्रममा करिब १ सय जना साइक्लिङ्ग सहभागी हुने भएका छन् । कावासोतीमा करिब ५० किलोमिटर साइक्लिङ्ग गर्ने भएको आयोजक संस्था कावासोती साईक्लिङ ग्रूपका अध्यक्ष ज्योती श्रेष्ठले बताए । कार्यक्रममा सहभागी हुने साइकल यात्रीहरुले नगरमा रहेको विभिन्न प्रमुख धार्मिक स्थलहरु तथा पर्यटकीय स्थलहरुलाई घडीको दिशामा परिक्रमा गरी ५० किलो मिटरको यात्रा पुरा गर्ने छ र साइकल यात्राको शुभारम्भ कावासोतीस्थित नर्मदेश्वर शिवालय मन्दिर अगाडिबाट गरिने कोषाध्यक्ष मदन क्षेत्री बस्नेतले बताएका छन् ।
स्वास्थ्यका लागि साईकिलिङ्गको महत्व बुझाउन, धार्मिक स्थलहरूको प्रचार र यहाँका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न कोरा साइक्लिङ च्यालेन्ज गर्नु आवश्यक रहेको र जिल्ला प्रहरी कार्यालयले पनि पूर्ण सहयोग गर्ने प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले बताए । कोरा साइक्लिङ च्यालेन्जमा सहभागीलाई कम्युनिटि इन्भारमेन्टल पोलिसिङ तथा सिफ्टु एक्टिभ मोविलिटिका बारेमा बताउदै उनले भने, “पछिल्लो समय मानिस धेरै विलासिन जीवन बिताउने भएकाले रोग लाग्ने गरेको छ । त्यसैले आफ्नो स्वास्थ्य र लाइफ स्टाइलमा फेरवदल ल्याउने हुँदा बच्चालाई पनि यसबारे सुरुदेखी ज्ञान दिनुपर्छ । ” कावासोतीबाट देवचुली छुँदै मध्यविन्दुका विभिन्न स्थान परिक्रमा गरि पुन कावासोती शिवालय मन्दिर परिसरमा आएर कार्यक्रम समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist