Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

जीप दुर्घटनामा दुई बालिकाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा दुई  बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो । सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ । प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ ।
दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या,  १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन् ।
उकालो बाटोमा चढ्दै गरेको जीप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको थियो । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको र जीप घटनास्थलमा सवारीधनीको जिम्मामा रहेको प्रहरी निरीक्षक प्रकाश रावतले बताए । राससजिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist