मेक्सिको सिटी सुरुमा सन् १३२५ मा एउटा तालमा बसाइएको थियो । जसका कारण मेक्सिको सिटी हरेक प्रतिवर्ष करिब ३.२ फिटले भासिँदै गएको छ ।
युरोपेलीहरू आइपुग्नु पहिले एज्टेकहरूले कृत्रिम टापु बनाउने प्रयासमा लागो डी टेक्सकोको ताल पुरेका थिए। सन् १५२१ मा स्पेनीले त्यहाँ आएर आफ्नो बस्ती बसाउन सुरु गरे ।
मेक्सिको सिटीका स्थानीय जमिनमुनिको पानीमा भर पर्दा यो सहर भासिँदै गएको छ । एक रिपोर्ट अनुसार यो सहर ६० वर्षयता ३२ फिट भासिएको छ ।
