न्टेश्वरी यशोशियसन कास्कीको आयोजनामा ब्रह्माकुमारी राजयोग पार्दीको सहयोगमा आन्तरिक शान्ति एवम् खुशीयाली सकारात्मक चिन्तन एवं राजयोग मेडिटेशन कार्यक्रम सम्पन्न भएको छ ।
मन्टेश्वरी यशोशियसन कास्कीका अध्यक्ष शाल्भी बाँस्तोला मर्सानीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षक ब्रह्माकुमारी राजयोग पार्दीका प्रमुख आदरणीय बम्हाकुमारी अप्सरा सुबेदीले प्रशिक्षण दिनुभएको थियो । प्रविधिमा भएको बिकाश र बिश्वब्यापिकरणका सँगै मानिसमा बढ्दै गएको अती महत्वकांक्षा र आध्यात्मिक चिन्तनमा आएको कमीका कारण मानिस शिक्षित, बिकशित र सुबिधा सम्पन्न हुँदै गएतापनि खुसी हुन नसकेको हुँदा योग, ध्यान, सकरात्मक सोच र आध्यात्मिक चिन्तन गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।
मन्टेश्वरी यशोशियसन कास्कीका सचिव जर्नादन सुबेदीले संचालन गरेको कार्यक्रममा यशोशियसनका सल्लाहकार मिलन के.सी., भवानी बाराल, कुलप्रसाद सुबेदी र जिल्ला प्रशासन कार्यालय कास्कीका अवकाश प्रात्त सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
मन्टेश्वरी यशोशियसन कास्कीमा आवद्ध बिद्यालयका संस्थापक प्रिन्सिपल र शिक्षक शिक्षिका गरी ८५ जनाको सहभागिता रहेको कार्यक्रमको संयोजन यशोशियसनका कार्यसमिती सदस्य नारायणी कँुवरले गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा मन्टेश्वरी यशोशियसन कास्कीमा आवद्ध सदस्य बिद्यालयहरुको भेलाको आयोजना गरिएको थियो उक्त भेलाले बालबालिकामा रहेको अन्र्तनिहित क्षमता प्रस्फुटनको लागी चाइल्ड ट्यालेन्ट सो कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको थियो ।
