पोखरा ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्र्तगतका क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ । डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतित्थ्यतामा सम्पन्न समारोहमा प्रमुख अतिथी केसीले सामूहिक उद्देश्यप्राप्तिका लागि परिस्थिति अनुसार प्रभावित गर्नसक्ने खुबी वा क्षमता नै असल नेतृत्वको गुण भएको बताउनुभएको छ । उहाँले भन्नु भयो, ‘नेतृत्व मानवजातीमा भएको गुण हो, यो सबैले प्राप्त गर्न सक्दैन, जुन व्यक्तिलाई यस्तो गुण प्राप्त हुन्छ, त्यस्ता व्यक्तिले मात्र आफ्ना मातहतका व्यक्तिहरुलाई कुशलताका साथ नेतृत्व प्रदान गर्दछन् ।’
शनिवार पोखरामा आयोजित लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन ११ अन्तर्गतका ३ वटा क्लबहरु लायन्स क्लब अफ पोखरा पिस टाउन, लायन्स क्लब अफ पोखरा अर्पण र लायन्स क्लब अफ पोखरा साधनाका पदाधिकारीको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको हो ।
गभर्नर केसी आफ्नो कार्यकालमा अगाडी सारिएको ‘नेतृत्वका लागि उत्प्रेरित गरौं’ भन्ने नारालाई सफल बनाउनसमेत क्लब पदाधिकारीलाई आग्रह गर्नुभयो ।
पदस्थापन समारोहका पदस्थापन अधिकृत समेत रहनु भएका डिष्ट्रिक्ट गभर्नर केसीले तिन वटा क्लबका अध्यक्ष, पदाधिकारी एवं डाईरेक्टरहरूलाई पद तथा गोपनियताको सपथ गराई पदस्थापित गराउनु भएको थियो ।
समारोहमा तिनवटै क्लबका निवर्तमान अध्यक्षहरु पोखरा अर्पणका सुनिता कोईराला, पिस टाउनका सिता तिमिल्सिना रसाधनाका रश्मि भण्डारीद्वारा आफ्नो कार्यकालमा गरेका कार्यक्रमको विवरण प्रस्तुत गरिएको थियो । आज मात्र पदस्थापित अध्यक्षहरू अर्पणका उर्मिला बस्नेत, साधनाका सिता पौडेल र पिस टाउनका केसीमाया नेपालीले क्लबले हालसम्म सम्पादन गरेका कार्य र भाबी योजना सुनाईएको थियो ।
लायन्स क्लब अफ पोखरा अर्पणका बर्ष २०२२÷२३ का अध्यक्ष सुनिता कोईराला र २०२३÷२४ का अध्यक्ष उर्मिला बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डिस्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, डिष्ट्रिक्ट चिफ एडभाईजर लगायतले तिनवटा क्लबले समाजमा गरेका कार्यको प्रशंसा गर्दै बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।
लायन्स क्लब अफ पोखरा पिस टाउनका सचिव बसन्ती बास्तोला र पोखरा साधनाका सचिव संगीता थापाको संचालनमा रहेको पदस्थापन समारोहमा लायन्स क्लब अफ पोखरा अर्पणका कल्पना बास्तोला, पिस टाउनका प्रथम उपाध्यक्ष कान्ती अधिकारी पौडेल, साधनाका प्रथम उपाध्यक्ष सुनिता गुरूङ लगाएतले आफ्नो भनाई राख्नु भएको थियो ।

