आँखा पाक्ने रोगको महामारी बढ्दै गएपछी पोखरा महानगरमा संचालीत सामुदायिक, संस्थागत र मन्टेश्वरी बिद्यालयहरु तीन दिन बन्द हुने निर्णय भएको जानकारी पोखरा महानगर शिक्षा महाशाखाका बरिष्ठ अधिकृत बद्रिनाथ सुबेदीले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, पोखरा महानगर शिक्षा महाशाखा, बिद्यालयका प्रध्यानाध्यापक, शिक्षक लगायत सरोकारवालाहरुको छलफल पछि बिद्यालयहरु बन्द गर्ने निर्णय भएको हो ।
आँखा पाक्ने रोगको महामारी बढ्दै गएपछी पोखरा महानगरमा संचालीत सामुदायिक, संस्थागत र मन्टेश्वरी बिद्यालयहरुको उपस्थिती घट्दै गएपछी सरोकारवाला सबैको राय अनुसार मंगलबार चेतनामुलक कार्यक्रम गर्ने र बुधबार देखी ३ दिन सम्म बन्द बन्द गर्ने निर्णय भएको हो । अहीले दिएको बिदा अन्य बिदामा कटाउने सहमती पनि भएको छ ।
आँखा पाक्ने रोगको महामारी बढ्दै गएपछी पोखरा १७ मा रहेको हिमालयन आँखा अस्पतालमा दैनीक १२ सय भन्दा बढी संक्रमीतहरुले सेवा लिइरहेका छन् ।