Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

मुस्ताङमा बाढीका कारण भौतिक संरचनामा क्षति

लगातारको वर्षा सँगै आइतबार राती हिमालपारिको जिल्ला मुस्ताङको काग खोलामा आएको बाढीले बाढीले ३१ वटा भौतिक संरचनामा क्षति पुगेको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधनको क्षति हेर्दा एक अर्ब हाराहारीको क्षति हुन सक्ने अनुमान गरिएको छ । लगातारको वर्षापछि वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२ उपल्लो झोङमा पहिरो जाँदा काग खोलामा आएको बाढीले गाउँपालिका–४ कागबेनीमा वडा कार्यालय, प्रहरी चौकी, धर्मशाला, स्कुल तथा सर्वसाधारणको घरमा क्षति पर्याएको हो ।
बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका–१ मुक्तिनाथका वडा अध्यक्ष प्रमेश गुरुङका अनुसार माथिल्लो झोङ देखि आएको बाढीले माथिल्लो क्षेत्रमा क्षति नपुर्याएको भए पनि कागबेनीमा क्षति पुगेको बताए ।
काग खोलामा आएको बाढीले बिजुलीको पोल बगाउँदा उक्त क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । कागबेनीमा बिजुलीको पोल ढल्दा उपल्लो मुस्ताङको लोमान्थाङ एवम् लो–घेकर दामोदर कुण्ड गाउँपालिका अन्धकार बनेको मुस्ताङमा विद्युत् वितरण गर्दै आएको स्थानीय बताउछन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार काग खोलामा आएको बाढीले कागबेनीको श्राद्ध स्थलमा रहेको एउटा धर्मशाला बगाएको छ । जनशान्ति माध्यमिक विद्यालयको खेलमैदान पुरिएको छ भने दुई तले विद्यालयको पहिलो तला पनि लेदोले पुरेको छ । १५ घर पूर्ण रूपमा बगाउनुका साथै अन्य १५ घरमा पनि क्षति पुगेको स्थानीयले बताएको प्रजिअ केसीले बताए । उपल्लो मुस्ताङ हुँदै चीन जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तरगतको कागबेनीमा रहेको काग खोलाको पक्की पुलका साथै काठको पुल समेत बाढीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक(डिएसपी) रवीन्द्र पौडेलका अनुसार प्रहरी चौकीको मोटर साइकल सहित कागबेनी क्षेत्रका १० वटा सवारी साधनमा क्षति पुगेको भनिएको भए पनि एकिन गर्न बाँकी छ ।
रातको समयमा एक्कासि बाढी आएको भए पनि स्थानीय तथा सुरक्षाकर्मीहरूले उद्धारको काम गर्नुभएको मुस्ताङका प्रजिअ केसीले बताए । कागबेनी प्रहरी चौकीको भवन रहेको हतियार सुरक्षित रहेको भए पनि अन्य सामग्री तथा भवन भने बाढीले पूर्ण क्षति भएको छ ।
बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तरगत मुस्ताङको बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिकाको पान्डा खोला, घरपझोङ गाउँपालिकाको मार्फा स्थित राज खोलामा बाढीले गर्दा सडक अवरुद्ध हुँदा सदरमुकाम जोमसोम यातायात सम्पर्क विच्छेद भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् राष्ट्रिय अनुसन्धानको टोली पनि घटनास्थल पुगेर उद्धारको कार्यमा खटिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist