Tuesday, July 1, 2025

आजको मिति: २०८२ असार १७ ,मंगलवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न
विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न
एसओएस हर्मन माइनर स्कुल–पोखरामा योग प्रशिक्षण
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
Next
Prev

वेपत्ता तीन बालिका खोजीदिन परिवारको आग्रह

पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराएपछि परिवारले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।
पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा  र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका उक्त दिन विद्यालय पुगेका थिएनन् । हराएकामध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत थिए । आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ–कस्तो अवस्थामा रहेको जानकारी नभएको बताएका छन् । राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा गरेको बताइएको छ ।
परिवारका अनुसार बालिका हराउँदाको बखत विद्यालयको पोशाक सेतो सर्ट र  निलो स्कट लगाएका थिए । प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न

विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न

एसओएस हर्मन माइनर स्कुल–पोखरामा योग प्रशिक्षण


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist