शनिबार राष्ट्र निर्माता गौरव अभियानद्धारा पोखरामा पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको लागि पत्रकार सम्मेलन भएको छ ।
अभियानले पोखराको पृथ्वीचोकमै पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राज्यकै लगानीमा पुर्नस्थापना गर्नुपर्ने माग राखेको हो । पत्रकार सम्मेलनमा सरकारले पृथ्वीनारायणको शाहको शालिक संरक्षण गर्नुको सट्टा पृथ्वीनारायणको शालिक चोरी गरेको बताइएको छ । पोखराको पृथ्वीचोकमा २०६४ बैशाख १८ गते पृथ्वीनारायण शाहको शालिक हटाइएको थियो ।
पुस २७ गते पुर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले लखन थापाको शालिकमुनि पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो । तर साउन २४ गते विश्व आदिवासी दिवसको दिन निकालिएको र्यालीमा सहभागीले पृथ्वीचोकको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको पत्रकार सम्मेलनमा जनाइएको छ । प्रतिमा पुर्नस्थपनाको माग गर्दै राप्रपाले दबाब दिएपछि भोलिपल्ट प्रतिमा पुर्नस्थापना भयो ।
पोखरा महानगरले सडकका सबै शालिक पोखरा–२८ जामुनबोटको विभूती पार्कमा राख्ने निर्णयसँगै रातको २ बजे पोखरा महानगरले पृथ्वीनारायण शाहको प्रतिमा फेरि हटायो । अभियानले लखन थापाको सम्मान गर्दै पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापानको माग गरेको संयोजक सिरोज विजय कोइरालाले बताउनुभएको छ ।