Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

नेपाली ढुङ्गा बिक्रिबाट लाखौको आम्दानी

दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा पोखराको एक उद्यमीले स्वदेशमै बसेर व्यवसाय सञ्चालन मात्र गरेनन् अन्य युवालाई पनि रोजगारी दिन सफल भएका छन् ।  
परम्परागत रूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गा पछिल्लो समय व्यवसायीक रुपमा बिक्रि वितरण भइरहेको छ । पोखरा महानगरपालीका का मान बहादुर तामाङ ढुङ्गा सप्लायर्सको रूपमा जीवनको ऊर्जाशील जीवन बिताएका छन् । तामाङले हाल पोखरा २ विन्दबासिनीमा सेवक सप्लायर्स दर्ता गरेर ढुङ्गा तथा ढुङ्गाबाट उत्पादन भएका कट पिस लगायतका वस्तुको कारोवार गर्दै आएका छन् । पोखरामा घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको विकल्प यहाँको स्थानीय ढुङ्गा बन्दै गएको छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ हुने बताइएको छ । ढुङ्गा विशेषगरी घरको बाहिर टास्ने र विछ्याउने कार्यमा प्रयोग गर्दै आएका छन् । ढुङ्गा सबैभन्दा बढी पोखरा खपत हुने गरेको उनले बताए । उहाँले उनले पोखरा, मुक्तिनाथ क्षेत्र लगाएत गण्डकी प्रदेशको सबै ठाउँहरुमा ढुङ्गा सप्लायि गछन् । उनले पोखरापछि काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँबाट समेत ढुङ्गाको माग आउने गरेको बताए ।
यो व्यवसायको सुरुवाति अवस्थामा उहाँले भुज्रुङखोलाको ढुङ्गाखानीबाट ढुङ्गा निकालेर हातैले कुदेर बिक्रि गरे । काम थाल्दाको केही वर्षसम्म आम्दानी पनि राम्रो थियो । हाते औजारको सहायताले ढुङ्गा निकाल्दै ढुङ्गा कुँदेरै परिवार पाल्नुभएको थियो । स्वदेशमै रोजीरोटी चलेपछि उनी वैदेशिक रोजगारी तथा स्वदेशमा पनि अन्य पेसामा लागेनन् । पुरानै प्रविधि र तरिकाबाट ढुङ्गा निकाल्दा निकै कठिन हुन्थ्यो, पहिला ढुङ्गा पु¥याउनै मुस्किल हुन्थ्यो, अहिले ढुङ्गाले घर कमै मात्र छाउन थालेपछि ढुङ्गा कम बिक्री हुन थालेको उनले बताए ।
समयक्रमसँगै ढुङ्गा छिन्ने मेसिनको विस्तार भयो । साथै बाहिरि मुलुकबाट मार्वल आउन थाल्यो र घर बनाउन मार्वलको प्रयोग बढ्न थाल्यो । घर, भवनलगायतका संरचनामा मार्वलको प्रयोग बढ्न थाले पछि ढुङ्गाको व्यापार घट्दै गएको तामाङले बताए । उनले ढुङ्गा बाग्लुङ, पर्वत, पोखराको भुज्रुङखोला, लगाएतको ठाउँहरुबाट बिक्रिको लागि ल्याउने गछन् । प्रति पिस ढुङ्गाको मुल्य ५ रुपैयाँ हुँदादेखि ढुङ्गा बेच्दै आएका उनले  हाल ११५  रुपैयाँ सम्ममा बिक्रि गछन् । उनले सबै खर्च कटाएर वार्षिक १० लाख सम्मको आम्दानि गछन् ।
पहिलाका ढुङ्गा माटाले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले बजारमा पक्की घरमा टास्ने, बिछ्याउने काममा प्रयोग हँुदै आएको  छ । मार्वलको प्रयोग बढ्न थालेपनि पर्यटनको केन्द्रविन्दु पोखरामा नेपालीपन झल्कने ढुङ्गा चलन कायमै रहेको उनको भनाइ छ । प्रदेश सरकारले कार्यविधि बनाएर नेपाली ढुङ्गा बिक्रिलाई प्रोत्साहन दिने हो भने नेपालको उत्पादन नेपालमै बिक्रि हुनुको साथै धेरै कर सङ्कलन गर्नसक्ने सम्भावना रहेको तामाङ बताउछन् । यस्ता व्यवसायलाई प्रोत्साहन गर्दै उत्पादन गर्ने हो भने स्वदेशमै रोजगार सिर्जना गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist