Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

कागबेनीमा बाढीले भौतिक संरचनामा ठुलो क्षति

मुस्ताङको कागबेनीमा यही साउन २८ गते आएको बाढीले मानवीय क्षति नभए पनि भौतिक संरचनामा भने निकै ठुलो क्षति पु¥याएको जनाइएको छ  ।
बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत ठुलो क्षति पु¥याएको छ । गाउँपालिकाको तथ्याङ्क अनुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, खुर्पानी, ओखर र नास्पाती लगायतका फलफूल बोटमा क्षति पुगेको छ । कागबेनी क्षेत्रमा कृषकले लगाएका दुई सय ६५ भन्दा बढी स्याउका बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको नर्सरीमा रहेका ४५ बोट स्याउ नष्ट भएको छ ।
त्यस्तै, छ बोट खुर्पानी तथा चारवटा ओखरको बोट पनि नष्ट भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । पशुपालनतर्फ बाढीले ३२ वटा लुलु गाई, दुई वटा कुकुर, एउटा घोडा, दुई वटा खुसी मरेको छ भने २३ वटा गोठमा क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पशु शाखाकी प्राविधिक समीक्षा कठायतले जानकारी दिए । पशुचौपाया तथा त्यसको पालनको लागि बनाइएका संरचना हेर्दा झण्डै ५० लाख क्षति भएको कठायतले बताए ।
हिमालपारिको जिल्ला मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, को पवित्र तीर्थस्थल कागबेनी बजारमा बाढीका कारण धेरै स्थानीयले अझै पनि आफन्तकहाँ आश्रय लिएर बस्न बाध्य भएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कलाई आधार मान्दा कागबेनी क्षेत्रमा झण्डै एक अर्ब हाराहारीको क्षति भएको छ । बाढीले सडक, पुल, व्यक्तिका घर तथा सार्वजनिक भवन, धार्मिक भवन एवम् विद्यालय जस्ता भौतिक संरचनामा ठुलो क्षति भएको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सङ्कलन गरेको क्षतिको विवरण अनुसार बाढीले नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख रुपियाँ बराबरको क्षति गरेको छ । बाढीले सार्वजनिक संरचनाहरू पक्की पुल, ढल निकास, अन्डरग्राउन्ड विद्युत केबल, बिजुलीको पोल, सिँचाइ कुलो, काठको पुल, खानेपानी, मन्दिर, धर्मशाला, सडक,तटबन्धन जस्ता १४ वटा भौतिक संरचनामा क्षति पुगेको थियो । ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइस वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक रूपमा क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist