Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरा गाई हत्या विरुद्ध प्रदशनी

पोखरा महानगरपालिकामा गाई हत्याको विरोधमा प्रदर्शन भएको छ । सभागृहमा भेला भई नारा सहित शुरु भएको प्रदर्शनी जिल्ला प्रशासन कार्यालय कास्कीमा गएर पुगेका थिए ।  
पोखराका स्थानीयले गाईको हत्या मानवीय संवेदनहीनता भएको भन्दै सरोकारवालाले चर्को आलोचना गरेका छन् । प्रदर्शनमा सहभागीहरुले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर, गोवंशहत्यारालार्य कारवाहि गर, जातिय सद्भाव कायम गरौँ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै प्रदर्शनमा विश्व हिन्दु महासंघ, आश्रम तथा विभिन्न आमा समुह लगाएतको सहभागी रहेको थियो । प्रदर्शनमा हिन्दु धमावलम्बि सम्बन्धित अधिकारकर्मी र सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
राष्ट्रिय जनावर भएको कारण पनि गाईलाई यो धर्म त्यो धर्म भन्नुभन्दा पनि हामी सबैको राष्ट्रिय जनावर भनेरसमेत संरक्षण र माया गरिनुपर्छ । ऐनको परिच्छेद २७ ले पशुपक्षीसम्बन्धी विभिन्न कसुरलाई अपराध मानी दण्डनीय बनाएको छ । सोही परिच्छेदको दफा २८९ मा आफ्नो प्रतिरक्षामा बाहेक  गाई,गोरु मार्न वा कुटपिट गर्न नहुनी भनी कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गरेमा वा गर्न लागि सो कार्यबाट गाई वा गोरु मर्न गएमा सो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद भनी गाई गोरु मार्ने कार्यलाई कानुनतः दण्डनीय बनाएको छ ।
उसो त कतिपय देशमा राष्ट्रिय जनावर भए पनि मार्ने चलन छ । अस्ट्रेलिया, जापान, इन्डोनेसिया आइसल्याण्ड अईभरीकोस्ट लगायतका दर्जनौ  देशहरुमा अहिले पनि राष्ट्रिय जनावर मारिने गर्दछन् । तर उनीहरुको नेपालको भन्दा के फरक छ भने न त्यी जनावरको त्यहाँ सामाजिक महत्व छ न कुनै त्यहाँको बहुसंख्यकहरुको धार्मिक आस्थासँग तिनीहरु जोडिन्छन् ।
देशव्यापी रूपमा अहिले गौ हत्याका विषयमा विरोध प्रदर्शन भइरहेका छन् । राष्ट्रिय जनावर तथा हिन्दुहरूको माता गाईलाई संरक्षण गर्न तथा गौ हत्या जस्तो आपराधिक कार्यलाई पूर्ण रूपमा बन्द गराउन दबाब दिने उद्देश्यले पोखरामा गौ हत्याविरुद्धमा प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist