Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरामा ट्रकको ठक्करबाट तनहुँकी वर्षाको मृत्यु

पोखराको सभागृहमा भएको दुर्घटनामा एक युवतीको ज्यान गएको छ । सभागृहचोकमा सोमबार दिउँसो साढे २ बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहुँकी युवतीको मृत्यु भएको हो ।
ज्यान जानेमा स्कुटर चालक तनहुँ म्याग्दे ४, छाङ घर भएकी २० वर्षीया वर्षा कुमाल रहेकी छिन् । बागमती प्रदेश ०३–००१ क ०२६३ नम्बरको ट्रकले वर्षा सवार ग २२ प ७९५१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेदप्रकाश जोशीले बताए ।
बाइक र ट्रक पृथ्वीचोकबाट सभागृहचोकतर्फ एकै दिशामा अघि बढिरहेका थिए । वर्षा सभागृहबाट घुमेर न्यूरोडतर्फ अघि बढ्ने क्रममा थिइन् भने मालबाहक ट्रक सिधै सिर्जनाचोकतिर अघि बढेको थियो । तीब्र गतिको ट्रक ब्रेक नलगाई लापरबाही ढंगले अघि बढेको सिसिटिभी फुटेजमा देखिन्छ ।
ट्रकको टायरले किचेर गम्भिर घाइते भएकी वर्षालाई तत्काल गण्डकी मेडिकल कलेज लगिएकोमा १० मिनेटपछि नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
वर्षको टाउको र ढाँडमा गम्भिर चोट लागेको थियो । ट्रक चालक धादिङ थार्के ८ घर भएका ३४ वर्षीय रामकुमार खतिवडा, ट्रक र स्कुटरलाई प्रहरीको नियन्त्रणमा रहेको डिएसपी जोशीले जानकारी दिए ।
सभागृह चोकमै यसअघि कलेज गइरहेकी पोखरा १५, नयाँ गाउँकी १८ वर्षीया अञ्जना पाइजाको ट्रकले किचेर मृत्यु भएको थियो । यस्तै, सभागृहचोकमै बसको ठक्करबाट एक बृद्धाको पनि मृत्यु भएको थियो। मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ घर भइ लेकसाइड बस्दै आएकी ७५ वर्षीया सुनमाया तिलिजा रहेकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist