पोखरा महानगरपालिकामा जडिट स्मार्ट सडक बत्ती र हाइमास्ट लाइटको आइतबार बेलुकि ५ बजे उद्घाटन हुने भएको छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्धारा लाइटको उद्घाटन हुने भएको हो । महानगरमा क्षेत्रमा २ हजार ७ वटा स्मार्ट सडक बत्ती जडान भएका छन् । पोखरा महानगरपालिकाका अनुसार महानगरका मुख्य चोकहरुमा २३ वटा हाइमास्ट लाइटसमेत जडान भएका छन् ।
ऊज्यालो पोखरा बनाउनका लागि र सुरक्षित पोखराका लागि स्मार्ट सडक बत्ती र हाइमास्ट लाइटले योगदान पुगेको महानगरले जनाएको छ ।