Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

व्यवस्थित बसपार्कको पर्खाइमा पोखरा

पोखरा व्यवस्थित बसपार्कको पर्खाइमा भएको लामो समय भयो । पोखरा महानगरपालिका–९, पृथ्वीचोकस्थित हालको बसपार्कको दुरवस्थाले पर्यटकीय सहर पोखरालाई नै गिज्याइरहेको छ ।
पर्यटकीय नगरी पोखराको बसपार्क ४८ वर्षयता उसैगरी सञ्चालन भइरहेको छ । बसपार्कका लागि २०३२ सालमा अधिग्रहण गरिएको जग्गा अतिव्रmमणमा परेर खुम्चिँदै गएको छ । अव्यवस्थित घरटहरा, फोहोरको दुर्गन्ध, बिजुलीका जीर्ण पोल, लत्रिएका तार, हिलाम्मे सडक पानी जमेका खाल्डाखुल्डीले बसपार्कलाई कुरूप बनाएका छन् । न व्यवस्थित टिकट काउन्टर छ न त बस राख्ने ट्र्याक नै राम्रो छ । किनारामा थन्काइएका थोत्रा बसले बसपार्कको वर्तमान अवस्थालाई दर्शाइरहेको छ ।
झन्डै आधा शताब्दी बित्न लाग्दासमेत बसपार्क बन्ने कुनै टुङ्गो छैन । पोखरा उपत्यका नगर विकास समितिले उहिल्यै देखेको सुविधासम्पन्न बसपार्कको सपना अझै अधुरै छ । जीर्ण र काम चलाउ बसपार्कबाट पोखराले कहिले मुक्ति पाउँछ ? चित्तबुझ्दो जवाफ कसैसँग छैन । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीका अनुसार उक्त बसपार्क भएर दैनिक झन्डै तीन सय सवारीसाधन देशका विभिन्न गन्तव्यमा पुग्छन् । गण्डकी प्रदेशको राजधानी पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको छ । उनले बसपार्कमा ढलान, पार्किङ ट्र्याक, यात्रु विश्राम कक्ष निर्माण, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो रहेको बताए ।
यातायात व्यवसायीले पटक पटक बसपार्क स्तरोन्नतिको माग गर्दै आए पनि पोखरा महानगर र प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको अध्यक्ष केसीले गुनासो गरे । बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउन्टर पनि बाहिरी सडकमा छन् । ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले पोखरा महानगरले पृथ्वीचोकदेखि चाइना पुलसम्म पार्किङ निषेध गरेपछि पछिल्लो समय बसपार्कबाटै गाडी छुट्न थालेको बताए । हिलाम्मे बाटो र भित्र उभिने ठाउँ पनि नभएकाले यात्रु बसपार्क छिर्नै नचाहने गरेको उनको भनाइ छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बसपार्क निर्माणमा महानगरसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । पोखरा महानगरको यातायात व्यवस्था समितिका उपाध्यक्ष एवं वडा नं. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बसपार्क सुधार र व्यवस्थापनको काम थालिएको बताए । ग्राभेल बिच्छ्याएर हिलो र खाल्डाखुल्डी पुरिने वडाध्यक्ष तिमिल्सिनाको भनाइ छ ।
सुरुमा दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएकामा अहिले बसपार्कका लागि करिब ६० रोपनी मात्र जग्गा बाँकी रहेको महानगरले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist