पोखरा सभागृहमा वरिष्ठ संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति डा.जगमान गुरुङ सँग पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक सम्बिन्धि शैक्षिक व्याख्यान भएको छ ।
पोखरा पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक निमार्ण गर्ने उद्देश्यका साथ राष्ट्रि निर्माता गौरवअभियानद्धारा शैक्षिक व्याख्यान कार्याक्रम सञ्चालन गरिएको हो । पृथ्वीनारायण शाह सामान्य राजामात्रै नभएर इतिहासमा उहाँ नेपाल एकीकरण सुरु गर्नुभएको निर्माता हुनुहुन्छ । पृथ्वीनारायण शाहले गरेका योगदान, त्यसको जगमा निर्माण भएको नेपाल राष्ट्र युगौंयुग पछिसम्म भावी पुस्तालाई सुम्पिन आवश्यक रहेको वरिष्ठ संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति डा.जगमान गुरुङले बताए ।
उनले विश्वले पृथ्वीनारायण शाहलाई हेरिरहेको र पृथ्वीचोकमा पृथ्वीनारायण शाहको पूर्ण कद सहितको शालिक पुर्नस्थापना गर्नुपर्नेमा जोड दिए । पृथ्वीनारायण शाहको मात्रै कुरा नभई नेपाली राष्ट्रियताको विकासमा सबै एक भएर लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । उनले सत्ता बलियो नहुँदा राज्य संरचनामा असर पर्ने र त्यसको संरक्षणमा लाग्नुपर्ने बताए ।
प्राध्यापक दिल बहादुर क्षेत्रीले राष्ट्र गौरव अभियानले आयोजना गरेको शैक्षिक व्याख्यान कार्यक्रम नेताका लागि नभई विद्यार्थीका लागि भएको बताए । उनले कुनै पनि आधारमा मुलुकलाई टुक्राउने अधिकार कसैमा नभएको बताए ।
राष्ट्र गौरव अभियानका संयोजक सिरोजविजय कोइरालाले पृथ्वीनारायण शाह नेपालीको परिचय भएको बताए । गौरव गर्नुपर्ने विषयलाई मेट्न खोजिएको भन्दै यसको संरक्षणमा राष्ट्र गौरव अभियान लागेको उनले उल्लेख गरे ।
पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्ने वा अन्त स्थानान्तरण गर्ने भन्ने विषय सम्पुर्णको चिन्ताको विषय बनेको छ । कार्यक्रममा सहभागि विद्यार्थिहरुले नेपालको सभ्यता र अस्तित्व बारेमा प्रश्न गरेका थिए । कार्यक्रममा नेपालको सार्वभौमसत्ताको जगेर्ना, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय एकता प्रदर्शन गर्नु आजको ऐतिहासिक आवश्यकता रहेको बताइएको छ ।