नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, नेपालद्वारा ५९ औं राष्ट्रिय वाल दिवसको अवसरमा आयोजित ‘राष्ट्रिय एकताका लागि नेपाली भाषा’ विषयक विद्यालय स्तरीय आधारभूत तहको वक्तृत्वकला प्रतियोगितामा पोखरा १०, रामबजारमा रहेको कालिका नमूना माद्यामिक विद्यालयले. सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । विद्यालयको तर्फबाट उक्त कार्यक्रममा कालिका नमूना माद्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्र आयुष खनाल र छात्रा शिवानी बोहोराको सहभागिता रहेको थियो ।
आधारभूतका विद्यार्थी सहभागी प्रतियोगिताको शीर्षक राष्ट्रिय एकताका लागि नेपाली भाषा’ थियो । प्रतियोगितामा रेन्बो एकेडेमिक होम्स् माध्यमिक विद्यालयकी प्रकृति छन्त्याल प्रथम भएकी छन् भने ज्ञानसागर एकेडेमीकी आर्या त्रिपाठी दोस्रो, ग्लोबल कलिजियटकी स्प्नील गुरुङ तेस्रो र सैनिक आवासीयका उमंग कुँवरले सान्त्वना स्थान हासिल थिइन ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थले क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र पाएका छन् । कार्यक्रममा माउन्ट अन्नपूर्ण मा.वि.का प्रिन्सिपल सइन्द्र श्रेष्ठले यस खालका कार्यक्रमले बालबालिकामा बोल्ने कला र भाषा विकास सँगसँगै हुने जनाए । उनले विद्यार्थीमा अत्यावश्यक कलामध्ये अभिव्यक्ति कला पनि भएको जनाए ।
प्रतिष्ठानकी अध्यक्ष पवित्रा घिमिरे ‘छन्दिका’को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली लेखक संघ कास्की अध्यक्ष रीता अधिकारी ‘ऋतु’, प्रतिष्ठानकी सचिव लक्ष्मी थापा, कोषाध्यक्ष चन्द्रवती वाग्ले लगायतले आफ्नो भनाइ राखेका थिए ।
प्रतियोगितामा १८ विद्यालयका एक÷एक छात्रछात्रा गरी ३६ विद्यार्थी सहभागी थिए । प्रतियोगितामा गण्डकी विश्वविद्यालयका चुनबहादुरा राना, गण्डकी प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डिलकुमारी पौडेल र लोचना अधिकारी निर्णायक थिए ।
