Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

रेन्बो चिल्ड्रेन होम नेपालमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

पोखरा ६,लेकसाइडमा रहेको रेन्बो चिल्ड्रेन होम नेपालले ५९ औँ राष्ट्रिय बालदिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक संजालको प्रयोग र यसको प्रभाव भन्ने शिर्षकमा भएको उक्त बक्तृत्वकला प्रतियोगिता बालगृहमा बस्ने ७ जना बालबालिकाले सहभागिता रहेको थियो ।
बाल अधिकार नेपालका अध्यक्ष तथा रेन्बो चिल्ड्रेन होम नेपालका कार्यकारी निर्देशक गोमा ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष नीमा गुरुङले स्वागत मन्तव्य राखेकी थिइन ।
प्रतियोगिताको मूयाङकनमा न्याश्नल इन्भेन्टिभ आवासिय मा. वि.का शिक्षिका नीता शाक्य रहनुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका कर्मचारी शर्मीला रानाले गरेकी थिइन । प्रतियोगितामा बिजय खाती प्रथम ,शुशील रानाभाट दोस्रा र निश्चल चौधरीले तृतीय स्थान हासील गरेका थिए ।
नेपाल पर्यटन वोर्डका पुर्व सदस्य, पर्यटन ब्यावसायी तथा सामाजिक ब्यक्तित्व अग्नी कडेल प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी कडेलले बालबालिकाहरुले आफ्नो भबिष्य उज्वल बनाउनको लागि अनुशासनमा रही इमानदारीका साथ मेहनत गर्नु पर्ने सुझाव दिए ।
कार्यक्रमका विशेष अतिथी बाल अधिकार नेपालका महासचिव कुलप्रसाद सुबेदीले बालबालिकाले सामाजिक संजालको सही सदुपयोग गरी त्यसबाट भरपुर फाइदा लिनुपर्ने र त्यसका लागी योजना अनुरुप तालिका बनाइ यसको प्रयोग गर्नुपर्ने बताए ।
२०६५ सालमा स्थापना भएको बाल गृहमा ३१ जना बालबालिकाहरु रहेका छन । बालगृहले आर्थीक अवस्था कमजोर भएका परिबारका ४० जना बालबालिको शिक्षा स्वास्थ्य लगायतका सेवा सुबिधाको ब्यवस्था गरिदिएको छ । बालगृहमा रहेर हालसम्म ५० जना बालबालिकाहरुले प्लस टु सम्मको शिक्षा आर्जन गरीसकेका र उनीहरु मध्य हाल एक जना सरकारी बैंकमा नाम निकालेको केही निजी बैंक तथा अन्य संस्थामा रोजगारीमा रहेको कार्यकारी निर्देशक गोमा ढकालले बताइन । ढकालले बालगृहको सहयोगबाट प्लस टु सम्मको शिक्षा आर्जन गरेका बालबालीका मध्य हाल कोहीले नेपालमानै उच्च शिक्षा हासिल गरिरहेका, केही उच्च शिक्षा हासिलको लागी यूरोप अमेरिका र जापान गएको, केहीले नेपालमा व्यावसाय गरेका र केही रोजगनरिको लागी बिदेशमा रहेको जानकारी दिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist