पोखरा महानगर पालिका वडा न. १० रामबजारमा रहेको कालिका मा.वि. शैक्षिक गुणस्तर का साथसाथै अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको छ । यस बिद्यालयले भाद्र महिनामा बिभिन्न संघ संस्थाहरुले आयोजना गरेका बिभिन्न कार्यक्रममा महत्वपुर्ण स्थान हाँसिल गर्न सफल भएको हो । विद्यालयले गण्डकी विश्वविद्यालयको आयोजनामा २०८० भाद्र ९ गते सञ्चालन भएको गण्डकी विश्वविद्यालय ५ कि.मि. सडक दौड प्रतियोगितामा प्रथम भएको थियो । त्यसैगरी पोखरा महानगरपालिका कबड्डी संघको व्यवस्थापन एवम् पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भाद्र २९ देखि ३१ गते सम्म सञ्चालित अन्तर विद्यालय स्तरीय छात्र छात्रा कबड्डी प्रतियोगितामा छात्र कबड्डीतर्फ द्वितीय स्थान हासिल गर्न सफल भएको थियो । नेपाल बाल संगठन एवम् बाल मन्दिर माध्यमिक विद्यालय पोखरा ३ नदीपुरद्वारा आयोजित क्लष्टर विद्यालय स्तरीय खुल्ला तीज गीत प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल भयो ।
५९ औं राष्ट्रिय बालदिवस को अवसरमा राइट फर चिल्ड्रेन नेपाल द्वारा आयोजित बिद्यालय स्तरिय खुल्ला बाल स चित्र कबिता बाचन प्रतियोगितामा पनि प्रथम स्थान हाँसिल गर्न सफल भयो भने बालदिवस कै अवसरमा नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘राष्ट्रिय एकताका लागि नेपाली भाषा’ विषयक विद्यालय स्तरीय आधारभूत तहको वक्तृत्वकला प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको जानकारी बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कुशल लामिछानेले दिए । लामिछानेले विद्यार्थीको बौद्धिकता विकास गर्न तथा उनीहरुमा भएको कला, सिप र क्षमता प्रस्फुटन गर्न का लागी बिद्यालयले शुक्रबारका दिन बिभिन्न अतिरिक्त क्रियाकलापहरु गरिरहेको र यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिदै जाने बताए ।



