‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न गरियो ।
वादविवाद कार्यक्रममा मा.वि.तहमा कक्षा ९ की छात्रा अनिता बि.क. प्रथम र कक्षा १० की छात्रा द्वितीय भएका छन् । भने आधारभुत (सिनियर) तर्फ कक्षा ८ की छात्रा प्रशंशा कार्की प्रथम, सोही कक्षाकी छात्रा अंशु भुजेल द्वितीय, कक्षा ६ की छात्रा अंकिता पौडेल तृतीय र सोही कक्षाकी सुबी श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरेका छन् । यस्तैगरी आधारभुत (जुनियर) तर्फको नेपाली संवाद प्रतियोगितामा आदित्य लम्साल र पेरिस पौडेलको समुह प्रथम, अंकित मन्ना र उत्कर्ष विष्टको समुह द्वितीय र सखिम बास्तोला र युनिका खनालको समुह तृतीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाईतर्फ लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमले सहयोग हुने कुरा जानकारी गराउनुभयो । भने यस कार्यक्रमको सञ्चालन आधारभूत तहमा फुलु रोकामगर र मा.वि. तहमा अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।