राष्ट्रिय सहकारी बैंकको आयोजनामा बिहीबारदेखि राजधानी जारी लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।‘दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मूख्य विषयवस्तुमा केन्द्रित रही दुई चलेको गोष्ठीले निम्न मुद्दाहरुमा साझा धारणा बनाएको छ ।
गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा कार्यपत्र प्रस्तुत भएका थिए ।
गोष्ठीको पहिलो दिनमा नेपालको सहकारीमा लेखा सुपरीवेक्षण समितिको अभ्यासः व्यवस्था र अवस्था विषयमा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य केशवप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । त्यस्तै वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति विषयक कार्यपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले गरेका थिए । तेस्रो सत्रमा सहकारीको वित्तीय जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिंखडाले प्रस्तुत गरेका थिए। पहिलो दिनको अन्तिम सत्रमा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा सञ्चालन एवं अनुपालना जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
त्यस्तै दोस्रो दिनको पहिलो सत्रमा सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विकास र अभ्यास विषयमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्ता मणी शिवाकोटीले प्रस्तुत गरेका थिए । दोस्रो सत्रमा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले सहकारीको सुशासन र स्वनियमनः प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन भने सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विधि प्रविधि र औजार विषयमा एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले प्रस्तुत गरेका गरेका थिए।
त्यस्तै गोष्ठीको अन्तिम कार्यपत्र सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख काशीराज दाहालले प्रस्तुत रहेको थियो। उनले सहकारीको विद्यमान संकट सामनाः रणनीति र भावी कार्यदिशा विषयमा आफ्नो प्रस्तुती गरेका थिए।
काठमाडौंको याक एण्ड यति होटलमा सुरु भएको गोष्ठीमा देशभरबाट ५ सय एक जनाले सहभागिता जनाएको बैंकले जानकारी दिएको छ । लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाई सहकारीमा सुशासन एवं आन्तरिक नियन्त्रण पद्धति स्थापनामार्फत दिगो सहकारीको निर्माणमा योगदान पुगेको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जनाकारी दिए ।
घोषणापत्र
१) स्वःनियमनको अभ्यास मार्फत सहकारी अभियानलाई सुशासित र मर्यादित बनाउन लेखा सुपरिवेक्षण समितिको क्षमतामा अभिवृद्धि गरी कुशल, प्रभावकारी र गुणस्तरीय सेवा प्रदानका लागि सहकारी संघ संस्थामा आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउन प्रतिबद्ध छौं ।
२) संस्थागत क्षमता अभिवृद्धि गर्न सहकारी संघ संस्थाको जोखिम व्यवस्थापनका लागि नीति, प्रक्रिया र संस्थागत जोखिमका तत्वहरूको नियमित मूल्याङ्कन र समीक्षा गर्ने प्रणालीको विकास गर्न प्रतिबद्ध छौं ।
३) सहकारी संघ संस्थाको आन्तरिक र वाह्य जोखिमहरुको पहिचान, वर्गिकरण, विश्लेषण र मूल्यांकन गरी जोखिम न्युनीकरणका लागि उपयुक्त सुरक्षित विधि, प्रविधि र आन्तरिक सुचना प्रणाली मजबुत बनाउन भूमिका निर्वाह गर्नेछौं ।
४) सहकारी संघ संस्था सम्बद्ध कानुन तथा नीति नियमहरुको पालना एवं सदस्यता केन्द्रीयताको नियमित अनुगमनका लागि सञ्चालक समिति, उपसमितिहरु, व्यवस्थापन, सदस्यहरु र लेखापरिक्षकलाई जिम्मेवार बनाउन प्रभावकारी भूमिका निर्वाहका लागि प्रतिबद्ध छौं ।
५) नियमित रुपमा सहकारी संघ÷संस्थाको वित्तीय स्वास्थ्य जाँच गरी सिघ्र, मध्यकालीन तथा दिर्घकालीन सुधारात्मक रणनैतिक पद्धतिको विकास गरी लागु गर्न संचालक समिति र व्यवस्थापनलाई जवाफदेही बनाउन प्रतिबद्ध छौं ।
६) सहकारी संघ/संस्थाको नियमित आन्तरिक लेखा परिक्षण तथा सुपरिवेक्षण गरी जोखिम न्यूनिकरणका लागि सहजीकरण गर्न र राष्ट्रिय सहकारी बैंकद्वारा निर्माण हुने लेखा सुपरिवेक्षण समितिको सरलीकृत प्रतिवेदनको अद्यावधिक ढाँचा प्रयोग गरी सुपरिवेक्षणमा एकरुपता कायम गर्न प्रतिबद्ध छौं ।
७) सहकारी संघ/संस्थामा स्वःनियमन र सुशासन कायम गर्न कानुन र विधिको परिपालनामा शुन्य सहनशीलताको नीति अपनाई साधारण सभाप्रति जवाफदेही भई कार्य गर्नेछौं ।
ख्



