Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

भावना सामुदायिक कृषि सहकारी १२ वर्षमा

भावना सामुदायिक कृषि सहकारी संस्थाको १२ औँ साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १८ सराङ्गकोट मुख्य कार्यक्षेत्र भई कृषिसँग सम्बन्धित विविध कार्यहरुका साथै सदस्य केन्द्रित बचत तथा ऋणको कारोबार गर्दै आएको छ । सस्ंथाले फेवा फाँटको ५०० रोपनी जग्गामा गहुँबाली, अदुवा खेती , सामुहिक आलु खेती, तरकारी खेती मार्फत सदस्यहरुलाई सेवा दिदैँ आएको अध्यक्ष बलराम कोइरालाले बताए । संस्थाले बचत तथा ऋण कार्यक्रमहरु सहित सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरु गर्दै आएको सचिव मिन बहादुर थापाले बताए । सो कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगर सहकारी शाखा प्रमुख भरतराज पौडेलले सहकारीको मर्म,उद्देश्य अनुसार कार्य गर्ने सहकारीमा कहिल्यै समस्या आउँदैन । यसको लागी सहकारीका संचालक, सदस्यहरु जिम्मेवारी हुनुपर्ने बताए । सस्ंथाका अध्यक्ष बलराम कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका प्रमुख नरेश पाण्डे, सराङ्गकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण थापा , जिल्ला कृषि सहकारी संघका अध्यक्ष फडिण्द्र पौडेल, वडा सदस्य कल्पना ढकाल, सल्लाहाकार सूर्य खड्का, पूर्णखर तिमिल्सिना, गंगाधर तिमिल्सिना, गोविन्द गौतम लगाएतले सहकारी मार्फत भएका कार्यक्रमहरुले सकारात्मक सन्देश दिएको बताए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता,जेष्ठ सदस्य, असल ऋणि , उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको व्यवस्थापक दिपक थापाले बताए । संस्थाको हाल पँुजी ४ करोड ८२ लाख, ऋण लगानी २४ करोड ५ लाख सहित ३५ करोडको कुल कारोबार रहेको कोषाध्यक्ष प्रकाश भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist