हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको १३ औं साधारण सभा तथा पाँचौं अधिवेशनले लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । उपाध्यक्षमा भरतबहादुर पौडेल, सचिव चिरञ्जीवी पोख्रेल, कोषाध्यक्ष रामप्रसाद ढकाल र सहसचिवमा पदमराज पहारी छन् ।
समितिका सदस्यमा सुनिता बराल र जमुना पराजुली छन् भने लेखा संयोजकमा विष्णुप्रसाद बराल र सदस्यमा कृष्णकुमार श्रेष्ठ र दामोदर बराल छन् । सहकारीमा आर्थिक वर्ष २०७९÷०८० असार मसान्तसम्ममा १ हजार सेयर सदस्यहरु रहेको सहकारीका व्यवस्थापक डम्मरुराज बरालले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापाले सहकारीबाट लिएको ऋणको ब्याज तिदा
ब्याज आफै ंलाई नै फिर्ता आउने हुँदा यसमा दोहोरो फाइदा रहेको बताइन् । सहकारीका सदस्यले समय समयमा सहकारीको अनुगमन र निगरानी गरेमा सहकारी सफल हुने उनको भनाइ छ । कार्यक्रममा उत्कृष्ट कारोबार गर्न े ३ जनालाई पुरस्कृत गरिएको थियो । गत वर्षको एसइई परीक्षा र स्नातकोत्तर उत्तीर्ण सेयर सदस्यका छोराछोरीलाई पनि पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा
सदस्य देवका पहारी, पूर्व प्रदेशसभा सदस्य राजीव पहारी, प्राडा भरतराज पहारी, चूडामणि पहारी लगायतको उपस्थिति थियो । सहकारीका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममासेयर सदस्य जगन्नाथ पौडेल र लक्ष्मी केसीले पनि बोलेका थिए । सहकारीको सेयर पुँजी ८ करोड १२ लाख ६८ हजार छ भने २८ करोड ९४ लाख ७७ हजार ५ सय ५९ ऋण लगानी छ ।


