‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विद्यार्थीको शारिरीक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले मंसिर १३ गते देखि १५ गतेसम्म तिनदिने खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त कार्यक्रम विद्यालयका प्राचार्य श्री कृष्णकुमार श्रेष्ठको सभापतित्वमा भएको थियो । मा.वि. तहमा श्री अप्सरा क्षेत्री, नि.मा.वि. तहमा श्री योगेश कार्की, प्रा.वि. तहमा श्री युवराज रौनियार र पूर्व प्रा.वि. तहमा श्री हिरा थापा खेलकुद संयोजक रहनुभएको थियो । विद्यालयका सम्पूर्ण कार्यक्रमहरु शिक्षक शिक्षिकाको सक्रियता र विद्यार्थीहरुको उत्साहजनक सहभागीतामा भव्य र सभ्य रुपमा समापन भएको थियो ।

उक्त त्रिदिवसीय खेलकुद प्रतियोगितामा विद्यालयले सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न तहगत रुपमा करिब २४ ओटा खेल आयोजना गरिएको थियो । ती खेलकुदहरु सदनात्मक र खुल्ला रुपमा खेलाइएको थियो ।
उक्त त्रिदिवसीय कार्यक्रमको समापन गर्दै सभापतिले विद्यार्थीको उत्साह एवम् सहभागीताले विद्यार्थीहरुमा रहेको सम्भावनालाई यथार्थमा परिणत गर्न सबै पक्षबाट यथासक्य सहयोग हुनुपर्ने कुरा बताउनुभयो । कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै खेलकुदमा विजेता हुने समूह एवम् विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभयो ।

विजेता विद्यार्थीलाई आगामी पौष ४ गते हुन गइरहेको विद्यालयको वार्षिकोत्सवमा पुरस्कार वितरण गरिने कुरा पनि जानकारी गराउनुभयो । उहाँले भन्नुभयो विद्यार्थीहरुले खेलकुदलाई जसरी उत्सुकताकासाथ सम्पन्न गरेका छौ त्यसरी नै पढाईलाई पनि अगाडि बढाउन अनुरोध गर्नुभयो । कार्यक्रमलाई विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख श्री राजु बयालकोटीले सञ्चालन गर्नुभएको थियो ।
