पोखरा–१, मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्शबोडिङ स्कुलको ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बुधबार भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्रीनाथ सुवेदीलेशिक्षा मानिसका लागि अपरिहार्यभएको उल्लेख गर्दै शिक्षाले मानिसलाई सभ्य बन्न अभिप्रेरित गर्नेबताए त्यसैगरी पोखरा १ का वडाध्यक्ष साहारा प्रधानले विद्यालयका क्रियाकलापको प्रशंसा गर्दै विद्यार्थीलाई अनुशासित बन्न सुझाव दिए । विद्यालयबाट धेरै ज्ञान पाउन सक्नेस्पष्ट पार्दै वडाध्यक्ष प्रधानलेबाबुनानीको पठनपाठनमा ख्याल गर्नअभिभावकलाई सुझाव पनि दिए । विद्यालय संस्थापक शम्भुकार्कीलेविद्यालय स्थापनाको अनुभव सुनाउँदै ज्ञानको ज्योति फराकिलो हुनेऔँल्या औँए । प्राचार्य कृष्णकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्दै विद्या लयले पठनपाठनका अलवा अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिर्दै आएको जनाए । उनलेसाप्ताहिक रुपमा योग कक्षा, चित्रकला, नाटक जस्ता विद्यालाई विद्यालयलेप्राथमिकता दिँदै सञ्चालन गर्दै आएको स्पष्ट पारे । कार्यक्रमका बीच विद्यार्थीलेविभिन्न सांस्कृतिक प्रस्तुति राखे। त्यस्तैविभिन्न साङगीतिक कार्यक्रम, चित्रकला प्रदर्शनी, तेक्वान्दो, योग अभ्यास तथा अबाकस मेन्टल म्याथ प्रदर्शनी पनि गरियो । त्यस्तैविभिन्न पुरस्कार वितरण विद्यालय संस्थापक कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्राचार्यनीलकण्ठ पौडेललेस्वागत तथा शिक्षक माया क्षत्रीलेकार्यक्रम सञ्चालन गरिन्। कक्षा १ देखि १० सम्म सञ्चालित विद्यालयमा हाल कुल ४ सय विद्यार्थी अध्ययनरत छन्। विन्ध्येश्वरी पोखराको एक पुरानो बिद्यालय हो ।