Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

युनाईटेड क्लव पोखराको आयोजनामा हुने पोखरा महोत्सव पुस २६ देखि माघ ८ गतेसम्म

युनाईटेड क्लव पोखराको आयोजनामा वर्षेनी हुँदै आएको पोखरा महोत्सवको १२ औं संस्करण यहि २६ पुसदेखि सुरु भई माघ ८ गते सम्म संचालन हुने भएको छ । महोत्सवको तयारी तिव्र पारिएको आयोजक युनाईटेड क्लव पोखराले आईतबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिएको हो । उक्त महोत्सव पोखराको अमरसिंह चौरमा हुने छ ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको क्लवले स्थापना कालदेखि नै ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ महोत्सव गर्दै आएको छ । रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को बेटर होम एप्लायन्सको मुख्य प्रायोजनमा हुने महोत्सवको मुख्य उद्देश्य भनेको स्थानिय उत्पादनको प्रवद्र्धन गर्दै अर्थतन्त्र चलायमान बनाउनु रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकलाका सामानहरुको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवम् जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामग्रीहरुको प्रदर्शनी एवम् जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुने जनाइएको छ ।

महोत्सवको आकर्षणको रुपमा राष्ट्रिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्डहरुको लाइभ कन्सर्ट, हांस्यब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरिय लोक दोहोरी गीत प्रतियोगिता, झांकी प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने महोत्सव संयोजक तथा क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवको अर्को आकर्षणको रुपमा हांस्यब्यंग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहने जनाइएको छ ।

महोत्सवमा अपांग, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई ९पोषाक अनिवार्य०, वनका कर्मचारीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने प्रचारप्रसार संयोजक दीनेश सुनारले वताए । त्यस्तै कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुट प्रदान गरिने उनको भनाई छ ।

१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० वटासम्म स्टल रहने क्लवका महासचिव सुनारले बताए । उनका अनुसार महोत्सवका लागि स्टल बुकिङ आइतबारदेखि शुरु भएका छन् । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवबाट १ करोड ५१ लाख ७५ हजार रुपैयाँ संकलन गरेर १ करोड १७ लाख ५० हजार खर्च गरी ३४ लाख २५ हजार बचत गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउन महत्वपूर्ण भूमिका खेल्ने क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए । त्यस्तै, अर्थतन्त्र चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उनले बताए ।

महोत्सवको आम्दानीबाट क्लवले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति कोष स्थापना, दुरदराजका गाउहरुमा स्वास्थ्य शिविरलगायतका कार्यक्रम गर्दै आएको छ ।

क्लवले स्थापना कालदेखीनै उठाउँदै आएको खुल्ला चिडियाखाना अवधारणा अनुसार अहिले निर्माणको काम भईरहेको छ । क्लवले सो चिडियाखाना निर्माणका लागि ५८ लाख ८५ हजार रुपैया खर्च गरिसकेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist