पोखरा –१५, रामबजार मिलन मार्गमा रहेको मेरिल्याण्ड किड्स मन्टेश्वरीमा बार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाहरुको उमेर समूह अनुसार स्याक रेस, रिले रेस, स्पोन रेस, म्याचिङ्ग गेम, ब्यालेन्सिङ, चक्लेट रेस, बलिङ्ग, कफिकप जस्ता विभिन्न खेलहरु खेलाइएको थियो । खेलकुदमा बालबालिकाहरुको उत्साहजनक सहभागी रहेको थियो ।

बिद्यालयमा अध्ययन गर्ने सम्पुर्ण बालबालिकाहरुले समेटी खेलाइएको खेलको उद्घाटनको समयमा बिद्यार्थीहरुले खेलकुदको महत्त्व र यसले स्वास्थ्यमा पार्ने सकरात्मक प्रभाव प्लेकार्ड सहीत टोल परिक्रमा गरेका थिए । खेलकुदमा सहभागी बालबालिकाहरुलाई उत्प्रेरण जगाउन र हौसला प्रदान गर्न बिद्यालयका संस्थापक प्रिन्सिपल सीता तिमिल्सिना सुबेदीले मेडल प्रदान गर्नुभएको थियो ।

२०६८ सालमा अनुमति लिइ २०६९ सालदेखी संचालन हुँदै आइरहेको यस बिद्यालयले बालमैत्री बाताबरण सहीत प्रयोगात्मक तरिकाले शिक्षा प्रदान गर्दै आइरहेको जानकारी संस्थाका प्रिन्सिपल सीता तिमिल्सिना दिइन ।

खेलकुद कार्यक्रम सफल बनाउन बिद्यालयका शिक्षक कर्मचारी बिद्यार्थी र अभिभावकहरुको महत्त्वपूर्ण योगदान रहेको बिद्यालयका प्रबन्ध निर्देशक कुलप्रसाद सुबेदीले जानकारी दिनुभयो ।