‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत साइन्स क्वीज तथा अंग्रेजी डायलग प्रतियोगिता सम्पन्न गरियो ।

साइन्स क्वीज (विज्ञान प्रश्नोत्तर) कार्यक्रममा मा.वि.तहमा अल्फा (रातो) सदनबाट कक्षा ९ की छात्रा साइना बुद्धाचार्य, कक्षा ८ की छात्रा प्रशंशा कार्की, सोही कक्षाका छात्र सक्षम बास्तोला र कक्षा ६ की छात्रा सुबी श्रेष्ठ प्रथम, बेटा (निलो) सदनबाट कक्षा ९ की छात्रा निरसरा पौडेल, कक्षा ८ की छात्रा अंशु भुजेल, कक्षा ७ की छात्रा प्रिस्किला तामाङ र कक्षा ६ का छात्र असीम अधिकारी द्वितीय भएका छन् । भने आधारभुत (सिनियर) तर्फ कक्षा ७ की छात्रा मञ्जिसा भुजेल प्रथम र कक्षा ६ का छात्र विनायक गिरी द्वितीय भएका छन् । यस्तैगरी प्रा.वि.तह अंग्रेजी डायलग प्रतियोगितामा सिनियरतर्फ कक्षा ५ का छात्र आदित्य लम्साल र पेरिस पौडेल प्रथम, सोही कक्षाका छात्राहरु सुजना परियार र सविता सुनार द्वितीय र कक्षा ५ कै छात्राहरु विनिसा तामाङ र आयुष्मा भुजेल तृतीय भएका छन् भने, जुनियर प्रा.वि.तर्फ कक्षा ३ का छात्रछात्राद्वय सखिम बास्तोला र युनिका खनाल प्रथम, कक्षा २ का छात्राहरु दिप्सना विश्वकर्मा र मौ भौमिक द्वितीय भएका छन् ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त कार्यक्रमका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रफुटन हुन सहयोग हुने कुरा जानकारी गराउनुभयो । भने यस कार्यक्रमको सञ्चालन मा.वि. तहमा विज्ञान शिक्षक विवेक ढकाल र प्रा.वि. तहमा शिक्षिका उर्मिला परियारले गर्नुभएको थियो ।
